साझा नेटवर्क
मधुसुधन पाण्डे/दिपेन्द्र खत्री, अर्घाखाँची असार २०।
अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालीकाकाे कोरोना व्यवस्थापन कोषमा शिव प्रगतिशिल महिला कृषि सहकारी संस्थाले अार्थिक सहयाेग गरेकाे छ । शिव प्रगतिशिल महिला कृषि सहकारी संस्था मालारानीकि अध्यक्ष शरस्वता पाण्डे तथा संस्था कि सचिव यमुना भुसाल मार्फत उक्त व्यवस्थापन कोषमा काेषमा पचास हजार रुपैया आर्थिक सहयोग गरिएको हो ।

सहयोग रकम गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्य,उपाध्यक्ष प्रमिला क्षेत्री लगायत गाउँपालिकाका कर्मचारीको उपस्थितिमा हस्तान्तरण गरिएको हो वि स २०६५ मा स्थापना भएको सहकारीले स्थापना पछी सहकारीभित्रका सेयर सदस्यहरुलाई मात्र नभई सम्पुण महिलाको अधिकार तथा हकहितकाे लागि काम गरिरहेकाे संस्थाकि सचिव यमुना भुसालले जानकारी दिईन ।
मालारानी गाउँपालिकाको कोराना कोषमा विभिन्न संस्था तथा व्याक्तिहरुले आर्थिक सहयोग गरिरहेको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले जानकारी दिनुभयो
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend