logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी इस्मा पहिरोमा पूर्वमन्त्री बिष्ट राहत लिएर आए,घाइते लिएर फर्के


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी असार २० ।

शुक्रवार गुल्मीमा पहिरोमा परेर घाइते भएका ५ जनाको काठमाडौंमा उपचार गरिएको छ । पूर्वमन्त्री तथा संसद गोकर्ण बिष्ट पहिरो प्रभाबित क्षेत्रमै पुगेर राहत सामाग्री सहित स्थलगत अनुगमन गरेर रथप उपचारको लागि काठमाडौं पठाइएको हो ।मन्त्री बिष्टले प्रभावित क्षेत्रमा पुगेर मृतक प्रति दुखः व्यक्त गर्दै घरबार बिहिन भएकाहरुलाई सहयोगमा जुटन आग्रह गरे । मन्त्री बिष्टले शुक्रवारनै घाइतेहरुलाई लिएर काठमाडौं लगेका हुन् । पहिरोमा परेर उपचारको लागि जिल्ला सदरमुकाम तम्घास ल्याउन सक्ने अबस्था नभएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको हो । पहिरोमा २ परिवारका ६ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो । घाइतेहुनेहरुमा खत्री परिवारका ५ वर्षका आयुष खत्री, २९ वर्षकी इश्वरा खत्री, ६४ वर्षका टिका खत्री, ९० वर्षकी पुतली खत्री, सारु परिवारका २१ वर्षकी सृजना सारु, २५ वर्षका बसन्त सारु रहेको प्रहरीले जनाएको छ । घाइतेहरु ४ जनाको काठमाडौं स्थित शैनिक अस्पतालमा र १ जनाको टिचिङ्ग अस्पतालमा उपचारको लागि भनाई गरिएको छ ।अबिरल वर्षासँगै गुल्मीको इस्मा गाउँपालिकाको वडा नम्बर–१ को मल्दीम गएराती पानीसँगै पहिरोमा परेर १८ महिनाका सिजन सारु र ७ बर्षकी अपेक्षा खत्रीको मृत्यु भएको थियो । घाइतेहरु ४ जनालाई पहिरो प्रभावित क्षेत्रबाटै र २ जनालाई उपचारको लागि तम्घास लगिएकोमा सोहि स्थानबाटै उपचारको लागि पठाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । पहिरोबाट २० घर भन्दा वढिमा क्षती भएको छ । पहिरोबाट सिङ्गो गाउँ नै ११६ घर जोखिममा रहेको छ । घर माथीबाट गएको पहिरोमा परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर–२ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।रातिबाट बेपत्ता घिमिरेको अवस्था अझै पत्ता लागेको छैन् । पहिरोले गाउँ–गाउँबिचकै सम्पर्क बिच्छेद भएको र अन्य मुल सडक समेत अबरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ । प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend