साझा नेटवर्क
हिमशिखर, गुल्मी असार १९ ।
गुल्मी धुर्कोट गाउँपालिका–२ पिपलधारा साविकको वडा नं ६ का वैदेशिक रोजगारीमा रहेका युवाहरुद्वारा सञ्चालित सामाजिक संस्था (क्लब) जनजागरण युवा क्लबले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्नको लागि सरकारले गरेको लकडाउनबाट सृजित विषम परिस्थितिबाट आम जनमानसमा पर्न गएको आर्थिक संकटलाई ध्यानमा राख्दै दैनिक छाक टार्न कठिनाइ भएका विपन्न परिवारलाई एक सामान्य कार्यक्रम गरी दोस्रो चरणको राहत सामग्री वितरण गरेको छ ।

पहिलो पटक ७ अति विपन्न परिवारलाई राहत सामग्री वितरण गरेपछि लकडाउन लामो समय सम्म कायम रहदै आएको र जनताको रोजगारी र आम्दानी ठप्प भई थप समस्या परेको देखेपछि पुनः आफ्नो परिवारको गास काटेर सम्पुर्ण क्लबका युवाहरु द्धारा आफुसक्दो आर्थिक रकम जम्मागरी गाँउका अति विपन्न परिवारको पहिचान गरी थप १८ घरपरिवारलाई एकबोरा चामल (२५ किलो), एक कि.लो नुन र एकएक लिटर तेल वितरण गरेको छ ।
आज एक कार्यक्रम गरी संस्थाका पुर्व अध्यक्ष प्रेमसागर सुनारको अध्यक्षता र धुर्कोट गाउँपालिका –२ पिपलधाराका वडा अध्यक्ष नविन जि.सी. को प्रमुख आतिथ्यता र सोही वडाकी वडा महिला सदस्य तथा गाउँकार्यपालिका सदस्य कमला घर्तीको विशेष आतिथ्यतामा राहत वितरण गरेको थियो ।
उक्तकार्यक्रममा अतिथिहरु वडा सदस्य अमृता विक, जनकल्याण आधारभूत विद्यालयका प्र.अ. कृष्ण केसी क्लबका सल्लाहकार तथा समाजसेवी गोविन्द सुनार, कतार संयोजक कमल घर्तिमिरे, शिक्षा तथा स्वास्थ्य संयोजक रोशन खत्री , समाजसेवी अनिल बि.क, बाबुराम रसाईली, रमेश वि.क. सदस्यहरु रविलाल सुनार, रमेश परियार विकास विक, सुरेन्द्र वि.क. , दिपेन्द्र वि.क., प्रदिप वि.क. सुरेश सुनार, प्रितम परियार, विष्णु वि.क, राजु वि.क. अनिश वि.क. समेतको उपस्थिति रहेको थियो ।
रविलाल सुनारको स्वागत मन्तव्य र दिपक वि.कको शुभकामना मन्तव्यमा गरिएको उक्त राहत वितरण कार्यक्रमको सञ्चालन रमेश परियारले गरेका थिए । स्मरण रहोस् यस क्लबले स्थापनाकाल देखि समाजमा भैपरी आउने विभिन्न प्राकृतिक प्रकोप, समाजका दिनदुखी, रोगबाट ग्रसितहरुलाई समय समयमा आर्थिक सहयोग गर्दै आएको र पछिल्लो समय आफ्नै गाउँमा स्थित जनकल्याण आधारभूत विद्यालय र विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्दै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend