logo
  • सोमबार, असोज १२ २०८३

चट्याङ लागेर गौमुखी गाउँपालिका ३ ढाँडखानीका ५ जना घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

जोगिन्द्र मल्ल,प्यूठान असार १९ ।

गएराति चट्याङ लागेर गौमुखी गाउँपालिका ३ रजवारा ढाँडखानीका ५ जना घाइते भएका छ्न । घाइते हुनेहरुमा कुल बहादुर सुनार, लक्ष्मण सुनार ,प्रेम सुनार ,जनि सुनार,र सुशीला सुनार रहेका छ्न । घाइतेहरुको अबस्था सामान्य रहेको र उनिहरुको उपचार भइ रहेको पुजा स्वास्थ्य चौकी लिवासेका डा. सुवास जि सिले जानकारी गराउनु भयो ।

चट्याङकै  कारण राम्दिखोरमा जने नेपालीको एउटा भैसी मरेको छ । करिब राती एक बजे अविरल वर्षा सङ्गै परेको चट्याङले घर, बिजुलीको तार ,वाइरिङ्ग समेत जलेको छ । अविरल वर्षाले रजवारामा रहेका ३ वटा लघुजलविद्युत आयोजनाको कुलो र मोटर बाटो बगाएको छ । चट्याङले गौमुखी गाउँपालिकामा पटक पटक जन धनको क्षती गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend