logo
  • सोमबार, असोज १२ २०८३

श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकारका लागि आज काठमाडौंमा बृहत् प्रदर्शन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,काठमाडौं असार १९ ।

बन्दाबन्दीको कारण देखाउँदै देशकै सक्षम मिडिया हाउसको रुपमा पर्दामा आएका मिडियाहरुले श्रमजीवी पत्रकारमाथि गरेको अन्यायपूर्ण व्यवहारको नेपाल पत्रकार महासंघ र संवद्ध अन्य संघ संगठनहरुले काठमाडौंमा वृहत विरोध प्रदर्शन गर्ने भएका छन । बन्दाबन्दीको अवधिमा श्रमजीवी पत्रकारलाई निष्काशन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने र जिम्मेवारविहीन गराउने जस्ता अन्यायपूर्ण कार्य भएको ठहर गर्दै यहि १५ गते बसेको महासङ्घका उपलब्ध पदाधिकारीको बैठकले आज वृहत विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

यसअघि सञ्चारगृहमा समयसीमासहित महासङ्घले बुझाइएको चेतावनीको कार्यान्वयन नगरिएको कारण श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार पक्षमा महासंघले कोरोना कहरको अवस्थामा समेत विरोध प्रदर्शन गर्नुपर्ने बैठकमा सहभागिहरुले जोड दिएका थिए । श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकारका लागि राज्य र सम्बन्धीत अन्य पक्षहरुलाई समेत दबाब सिर्जना गर्नका लागि आज महासंघको नेतृत्वमा विभिन्न पेशागत संघ, संगठनहरुको एक्यवद्धतामा काठमाडौंको बबरमहलमा बृहत् प्रदर्शन गर्न लागिएको बताइएको छ । पेशागत मुद्दाको कार्यान्वयनका लागि कसरी अगाडी बढ्ने भन्ने विषयमा महासंघले पत्रकार सम्बद्ध विभिन्न निकायहरु, महासंघका पूर्व पदाधिकारीहरु लगायतसँग समेत राय सल्लाह लिएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वपदाधिकारीले श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न दबाबमूलक कार्यक्रमका साथै सञ्चार उद्यमीसँग वार्ता, छलफललाई पनि जोड दिन सुझाव दिएका छन् ।

बैठकमा सहभागि महासंघका पूर्व पदाधिकारीहरुले कोरोना लकडाउनका कारण आर्थिक संकट आउनु स्वभाविक भएपनि देशकै सक्षम देखिने सञ्चार गृहलेनै त्यही बहाना देखाउँदै पत्रकारमाथि अन्याय गर्नु खेदजनक भएको भन्दै त्यसका विरुद्ध विरोध जनाउन आवश्यक हुने धारणा राखेका थिए । बन्दाबन्दीको अवधिमा श्रमजीवी पत्रकारलाई निष्काशन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने र जिम्मेवारविहीन गराउने जस्ता समस्या सञ्चार गृहको कारण उत्पन्न भएको महासङ्घको ठहर छ । नेपाल पत्रकार महासङ्घले तत्काल आफ्ना मागहरु पुरा नभएमा यही असार २० गतेदेखि आकस्मिकरुपमा धर्ना, घेराउ र कालो ब्यानर राख्नेलगायतका विरोध कार्यक्रमका कार्यतालिका अघि बढाइने भन्दै राज्य र सम्बन्धीत पक्षलाई चेतावनी समेत दिएको छ ।

महासंघले श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल सरकार, संसदीय समिति, पेशागत सङ्घसङ्गठन, संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे), अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ) लगायतका राष्ट्रिय, अन्तरराष्ट्रिय समुदायलाई ऐक्यबद्धताका लागि आग्रह गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend