logo
  • सोमबार, असोज १२ २०८३

पहिरोमा परि गुल्मीमा १ जनाको मृत्यु, २ जना वेपत्ता दर्जनौ घरमा क्षति


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिश शर्मा गैरे,गुल्मी असार १९ ।

गएरातिको अविरल बर्षाका कारण गुल्मीमा पहिरोले गोठ बगाउँदा १८ महिने बालकको मृत्यु भएको छ । दुई जना बेपत्ता छन् । जिल्लाको इश्मा गाउँपालिका वडा नं १ हस्तिचौरको मल्दिमा राती पहिरोले गोठ बगाउँदा गोठमा सुतिरहेका बसन्त शारुका १८ महिने बालक सिजन शारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए ।

सोही ठाउँमा पहिरोका कारण अन्दाजी २७ बर्षिय इश्वरी खत्री घाइते भएको र उनकी ७ बर्षकी नाम नखुलेकी छोरी बेपत्ता रहेको पन्थले बताए । घटना स्थलमै प्रहरीको टोली जाँदै गरेकाले बिस्तृत बिबरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । यस्तै मुसिकोट नगरपालिका २ निस्तीमा पनि पहिरोमा परि एक जना वेपत्ता भएका छन् । एक घर संगै ८ गोठमा क्षति पुगेको त्यहाबाट महेन्द्र घिमिरेले जानकारी दिए । विभिन्न बस्ती उच्च जोखिममा मोटोरबाटो पुर्ण रुपमा अबरुद्ध धेरै स्थानमा पहिरो गएको छ। बेपत्ताको खोजी कार्य भैरहेको र प्रहरी र सेना घटनास्थलमा जाँदै गरेको घिमिरेले बताए ।

पहिरोको कारण ६ घरलाई उद्धार गरि स्थानान्तरण गर्नुपर्ने देखिएको छ । थप विवरण आउन आउने क्रममा रहेको छ ।पहिरोको कारण धेरै ठाउमा सडक अवरुद्ध हुनुका साथै सञ्चार सेवा पनि अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend