साझा नेटवर्क
दिपेन्द्र खत्री,गुल्मी असार १८ ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका वडा नः१ ले आज मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत कृषक लाई बाख्रा बितरण कार्यक्रम सम्पन्न गरेको ।
मालारानी गाउँपालीका वडा नः१ भित्रका ९ घर परिबारलाई बाख्रा बितरण गरेको हो।विश्व भर महामारी को रूप मा फैलिरहेको कोरोना भाइरस कोभिड ९१९०को कारण गाउँका युवा हरु बेरोजगार भई रहेको बेला मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत बाख्रा बितरण कार्यक्रम ले गाउँका युवा निकै खुसी देखीएको वडा अध्यक्ष बालाकृश्ण आचार्यले जानकारी दिनु भयो । उक्त कार्यक्रम मार्फत वडा अध्यक्ष आचार्य ले उक्त वडा भित्र रहेका सम्पुर्ण कृषक लाई क्रमबद्ध रुपमा वडामै रोजगार दिने सम्म बताउनु भयो ।
उक्त कार्यक्रमका सहजकर्ता भरत न्यौपाने समाजसेवी व्यक्ति शालिकराम आचार्य वडा अध्यक्ष बालाकृश्ण आचार्य लगायतको उपस्थित रहेको थियो। मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ भित्रका किसान हरुलाइ आत्मनिर्भर बनाउने उद्देशले मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम सन्चालनमा ल्याएको जानकारि दिनुभयो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend