logo
  • सोमबार, असोज १२ २०८३

मरन्ठाना कृषि स्मार्ट कार्यक्रमकाे सार्वजनिक सुनुवाई सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

रमेश गिरि,प्यूठान असार १८ ।

मरन्ठाना कृषि स्मार्ट कार्यक्रमकाे सार्वजनिक सुनुवाई आज सम्पन्न भएकाे छ । प्युठान नगरपालिका वडा न ९ र १० का विभिन्न गाउँमा कृषि स्मार्ट कार्यक्रम संचालन भएकाे छ ।आर्थिक वर्ष ०७५/७६ देखि संचालित कृषि स्मार्ट कार्यक्रमले याे अार्थिक वर्षमा ८ लाख २४ हजार ५ सय रूपैपाकाे लगानीमा ९ वटा सिँचाइ कुलाे मर्मत गरिएकाे छ । ५ लाख ४० हजार रूपैयाकाे लगानीमा प्लास्टिक घर निमार्ण गरि व्यवसायीक तरकारी खेती गर्न किसानलाइ सहयाेग गरिएकाे छ । २ लाख २१ हजार बराबरकाे लगानीमा कृषि उपकरण खरिद गरि किसानलाई उपलब्ध गराईएकाे छ । व्यवसायिक तरकारी खेती गर्ने किसानलाई तालिम, फलफूलका बिरुवा वितरण , विभिन्न तरकारीका बिउविजन वितरण , भकाराे सुधार , पाेखरी निर्माण जस्ता क्षेत्रमा स्मार्ट कार्यक्रममार्फत किसानलाई अनुदान उपलब्ध गराईएकाे छ ।

प्रदेश सरकारकाे सहयाेग अन्तर्गत कृषि ज्ञानकेन्द्र दाङ्गकाे सहयाेगबाट ३७ लाख ५० हजार , प्युठान नगरपालिकाबाट १० लाख ९२ हजार ८ सय ५४ र जन श्रमदान अन्तरगत ८ लाख २३ हजार २ सय ८५ गरि जम्मा ५३ लाख २६ हजार २ सय बराबरको बजेट कृषि स्मार्ट कार्यक्रमले मरन्ठानाकाे विभिन्न क्षेत्रमा लगानी गरेकाे कुरा कार्यक्रमका संयाेजक दिपेन्द्र केसीले जानकारी गराउनु भयाे ।उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा प्युठान नगरपालिका वडा न ९ का वडा अध्यक्ष नेहरसिंह केसी , वडा नम्बर १० का वडा अध्यक्ष पदम गिरी , वडा सचिव ध्रुब बहादुर जिसी , विभिन्न राजनीति दलका प्रतिनिधिहरूले कृषि स्मार्ट कार्यक्रमले याे अार्थिक बर्षमा गरेका कामहरूकाे उच्च सम्मान गर्दै अागामी दिनमा गर्ने काम कार्वाहीका बारेमा सल्लाह सुझाव दिनु भएकाे थियाे भने कार्यक्रमकाे संचालन हिमा जिसीले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend