logo
  • शनिबार, साउन ३० २०८३

पत्रकारलाई वडा अध्यक्षको धम्की विरुद्ध प्रेस सेन्टरद्वारा संघर्षको चेतावनी

भयरहित पत्रकारीताको वातावरण बनाउन माग


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

राजकुमार चमार, रुपन्देही असार १८ ।
स्थानीय विकास निर्माणमा वडा कार्यालयको सक्रियताका विषयमा लेखिएको समाचारमा चित्त नबुझेको भन्दै शुद्धोधन गाउँपालिका लवनी, कपिलवस्तुको वडा नम्बर ३ का अध्यक्ष महिबुद्दिन मुसलमानले पत्रकारहरुमाथि ‘ठिक पार्ने’ भन्दै धम्की दिएका छन । फिल्ड रिपोर्टिङको क्रममा वडा सदस्यहरुले अध्यक्ष मनोगत रुपले अघि बढेको भन्दै गरेको कुराकानी उल्लेख गर्दै ‘शद्धोधन ३ का वडा अध्यक्षको दादागिरिः बहुमतको बलमा वडा सदस्यलाई धम्की ! सदस्यहरु न्याय माग्दै मिडियासँग यस्तो भन्छन् !’ शिर्षकको समाचारको विषयलाई लिएर पत्रकारलाई उनले धम्की दिएका हुन ।

प्रेस सेन्टर नेपाल रुपन्देही जिल्ला सदस्य समेत रहेका प्रभुनाथ गुप्ता र पत्रकार अजय पाठकमाथि वडा अध्यक्षले समाचार लेखेकै कारण धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको हर्कत भएको ठहर गर्दै संगठनले राज्यलाई प्रेस स्वतन्त्रता विरोधी गतिविधीमा सजग बन्न तथा वडा अध्यक्षलाई धम्की फिर्ता लिन आग्रह गरेको छ । आज प्रेस सेन्टर नेपाल रुपन्देहीले उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राज्यलाई भयरहित पत्रकारीताको वातावरण निर्माण गर्न र संविधान पद्दत प्रेस स्वतन्त्रतामाथिका आक्रमणहरु रोक्न समेत माग गरेको छ ।

विज्ञप्तीमा प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष सुरेश राज पाण्येंय र सचिव राजकुमार चमारको संयुक्त हस्ताक्षर रहेको छ । उक्त विज्ञप्तीमा प्रेस सेन्टर नेपाल आम श्रमजीवी तथा जनपक्षीय पत्रकारहरुको पेशागत अधिकारको पक्षमा निरन्तर संघर्षरत रहेको उल्लेख गरिएको छ । प्रेस सेन्टर नेपालले पत्रकार धम्की विरुद्ध विज्ञप्ती मार्फत चेतावनी दिएपछि वडा अध्यक्ष मुसलमानले संगठनका रुपन्देही अध्यक्ष पाण्डेंयलाई भेट्ने कुरा गरेको र भेटघाटको क्रममा समाचारको विषयलाई लिएर पत्रकारहरुमाथि धम्की नदिने तथा समाचार श्रोत तथा सदस्यहरुसँग त्यो विषयमा बैठकमा सोध्ने भन्दै आफ्नो गल्ती स्विकार गरेका छन ।

संगठनका रुपन्देही अध्यक्ष पाण्डेंले कुनैपनि पत्रकारलाई राज्य वा अन्य कुनैपनि निकायले गर्ने दुव्र्यवहार, धम्की, त्रास र यातनाका विरुद्ध प्रेस सेन्टर नेपाल कुनैपनि हदसम्म बोल्ने र स्वतन्त्र पत्रकारीताको संविधान पद्दत अधिकारको पक्षमा निरन्तर संघर्ष गर्ने बताएका छन । जारी गरिएको विज्ञप्तीको पूर्णपाठ यस्तो छ….. प्रेस विज्ञप्ती ‘पत्रकारलाई वडा अध्यक्षको धम्की विरुद्ध संघर्षको चेतावनी’ हाम्रो महान तथा गौरवशाली संगठन प्रेस सेन्टर नेपाल सधैं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा, आम श्रमजीवि तथा जनपक्षीय पत्रकारहरुको हक, हित र अधिकारको पक्षमा संघर्षरत रहेको विषय सर्वविदितै छ ।

हामी पेशागत स्वतन्त्रता, सुरक्षा र सुद्धताको लागि सम्बन्धीत निकायहरुसँग स्पष्ट रुपमा आफ्नो सुझाव दिदै राज्यलाई भयरहित पत्रकारीता गर्ने वातावरण बनाउन आग्रह गरिरहेका छौ । तर पनि देशैभरीको अवस्थालाई राज्य निकायका विभिन्न तहहरुबाट पत्रकारहरु माथि धम्की दिने, असुरक्षीत पार्ने गरेको घटनाहरु सार्वजनिक भैरहेकै छन । यस सन्दर्भमा हाम्रो संगठनको रुपन्देही जिल्ला सदस्य प्रभुनाथ गुप्ता र पत्रकार अजय पाठकमाथि समाचार लेखेको कारण देखाउँदै कपिलवस्तुको शुद्धोधन गाउँपालिका लवनी, वडा नम्बर ३ का अध्यक्ष महिबुद्दिन मुसलमानले ‘तलाई ठिक पार्छु’ भन्दै धम्कि दिएको विषयमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

पत्रकार गुप्ता र पाठकले यहि अषाढ १६ गते स्थानीय विकास निमार्णको अवस्थाबारे रिपोर्टिङ गर्न उक्त वडा कार्यालयमा अध्यक्ष नभेटेपछि सदस्यहरुसँग सम्पर्क गरी जानकारी लिएर लेखेका थिए । उक्त समाचार आफ्नो पक्षमा नआएको भन्दै आक्रोश आएका वडा अध्यक्ष महिबुद्दिन मुसलमानले प्रेस स्वतन्त्रतामाथि धावा बोल्दै, स्थानीय सरकारको शक्तिको प्रभावबाट त्यस्तो प्रकारको धम्की दिनु निन्दनिय तथा राज्य संयन्त्रको लज्जास्पद विषय हो ।

उक्त धम्कीको घटनाको हाम्रो संगठन घोर विरोध, भत्सर्ना गर्दै सम्बन्धीत वडा अध्यक्षलाई तुरुन्त आफ्नो अभिव्यक्ति फिर्ता लिन जोडदार माग गर्दछ । साथैं राज्यलाई भयरहित पत्रकारीताको वातावरण निमार्णको विषयमा गम्भीर बन्न र प्रेस स्वतन्त्रता विरुद्धका घटनामा आफ्नो ध्यान पुर्याउन, रोक्न माग गर्दै पत्रकारमाथि हुने हमला, धम्की विरुद्ध राज्य संयन्त्र चुप लागेमा कडा आन्दोलन गरिने सचेतनापूर्वक चेतावनी समेत दिन चाहन्छौं ।

राज्य तथा अन्य पक्षबाट बारम्बार पत्रकारको स्वतन्त्र कलममाथि अंकुश लगाउन खोज्ने, धम्की आउने, त्रास फैलाउने खालका संविधान पद्दत प्रेस स्वतन्त्रता विरोधि हर्कतका विरुद्ध एक भएर संघर्षमा उभिनका लागि हाम्रो संगठन आम श्रमजीवी पत्रकार, पत्रकार सम्बद्ध संघ, संगठनहरुलाई समेत आग्रह गर्दछ । अभिवादन सहित !!

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend