साझा नेटवर्क
✍️ : रामु ज्ञवाली
साथी हो ! युवाहरु जागिसके उठछ्न मुख धुन्छ्न अनि फेसबुक चलाउछ्न
मान्दैन्न थकाइ भन्दैनन दिन र रात
टाउको मुन्टो र पुर्पुरो स्टाटसमा घोप्टाउछन
बिचरा आमा, बा’का सपना ड्राफ्ट मै जलाउछन
मोबाइल बोकि सौचालय छिरेका युवा पब जि मा हराउछन
३ घन्टापछि आत्तितै रुममा आइ किन गको रे म ?
भनेर उल्टै टोलाउछ्न
को ले भन्छ हाम्रा युवा साथि मात्र फेसबुक चलाउछन ??
बिचरा एक्लो शरिर २ टा डल्ला आखा २ टा हातका
१० औलाको भरमा ट्विटर वाट्स याप भाइबर इमो इस्टा टिकटक ……
बाफ्रे गन्नलाइ क्याल्कुलेटर चाहिने जति याप चलाउछन
अझ भनौ कुदाउछ्न दौडाउछन
८ बजे मम्मि सङ्ग टाउको दुखो मम्मि म सुत्छु भनेका बिरामि
बिहान ६ बज्न ३ घन्टा बाकि छ भन्दासम्म अन्लाइन देखिन्छन
लेख्ने कलम।हरायर मात्र हो इतिहास लेख्नेको
हैन भने मम कि लब्लि डटर नामको आइडि
कि फुलकुमारी देबि अन्लाइन लिस्टको व्ल्डट्पमा भेटिन्छिन
बाले मोबाइल धेरै चलायो भन्दै झटा हान्दा
देब्रे गालाको दाइने पाखामा चोट लाएका
फेसबुकमा बाबाको प्यारो छोरो म आइडि
चालक झक्कल बहादुर जस्ता सोझा छोरा कुन मुलुक कुन कुनामा भेटिन्छन ?

✍️ : रामु ज्ञवाली
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend