logo
  • सोमबार, असोज १२ २०८३

चन्द्रकोटमा क्वारेन्टिनबाट घर फर्किएका व्यक्तिमा कोरोना


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी असार १८।
क्वारेन्टिनबाट घर फर्किएका व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिब्रुङस्थित ५२ बर्षिया पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो।

उनी जेठ ११ गते भारतबाट आएका थिए । दिब्रुङस्थित शारदा माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका उनको आरडिटी परिक्षण गर्दा पोजेटिभ आएको थियो । त्यसपछि पिसिआर् परिक्षणको लागि उनको स्वाब संकलन गरिएपनि लामो समयसम्म पनि रिपोर्ट नआउदा चन्द्रकोट गाउँपालिकाले रिपोर्ट नेगेटिभ आएको जानकारी परिवारलाई गरायो ।

अनि असार १५ गते उनी क्वारेन्टिनमुक्त भए । तर क्वारेन्टिनमुक्त भएको दुई दिनपछि आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको छिमेकी सागर अर्यालले बताए ।उनी क्वारेन्टिनमुक्त भएपछि उनको परिवारको साथसाथै गाउँ–टोलका मानिसहरुसँग समेत सम्पर्कमा आएको अर्यालले बताए ।
गाउँपालिकाले हचुँवाको भरमा नआएको रिपोर्टलाई नेगेटिभ आएको झुटो जानकारी गराउदा सिङ्गो गाउँ नै असुरक्षित हुन सक्ने बताए । जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी पशुपति आचार्यले उक्त पुरुषलाई बुधबार अर्थात असार १७ गते साँझ कोरोना पुष्टि भएको बताए ।

त्यसरी संक्रमित व्यक्ति गाउँमा घुलमिल हुँदा संक्रमणको जोखिम हुने भएकोले सचेत रहन उनले आग्रह गरे । गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले गाउँपालिकाको तर्फबाट पिसिआर् रिपोर्टको सुचना प्रवाहबारे आफुलाई जानकारी नभएको तर नेगेटिभ आएको सुचना प्रवाह गर्नु गलत भएको बताए ।
तर उनले स्वाब संकलन गरेपनि कुनै लक्षण नदेखिएकालाई निश्चित समय पुगेपछि पिसिआर् रिपोर्ट नआउदैँ पनि घर पठाउन सकिने संघिय सरकारको कार्यविधिअनुसार उक्त पुरुषलाई घर पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend