साझा नेटवर्क
युवराज चन्द,गुल्मी असार १७।
गुल्मी जिल्लाको मदाने गाउपालिका वडा.न १ अग्लुङ्गफेंदी ( साविक को अग्लुङ्ग ६ ) स्थित चन्द टोलमा सलह किराले बारीमा रोपेको मकैखेति,सागपात र अन्य बालीनाली पूर्ण रुपमा नष्ट गरेको छ ।
गत ३ दिनयतादेखी लगातार गाउँप्रवेश गरेको सलहले किसानहरुले बारीमा रोपेका सम्पूर्ण वस्तुहरु नष्ट गरेपछि किसानहरु यतिबेला चिन्तित बनेका छन् । सलह भगाउन स्थानीयले मादल, झ्याली, टिन, डर्म बजाने तथा धुवा र धुलोको प्रयोग गरि सलह भगाउने कोसिस गरेपनी ठुलो सङ्ख्यामा रहेको सलह नियन्त्रणमा ल्याउन असम्भव भएको स्थानीयवासीले गुनासो गरे । आज पनि बिहानै देखि निकै सक्रिय देखिएको सलहले खेतीबाली पूर्ण रुपमा क्षति गरेको छ ।
प्यूठानको झिमिक्क नदिहुंदै प्रवेश गरेको सलह किराले छिमेकी जिल्लाको गौमुखी गाउपालिकाका विभिन्न वाडहरुमा पनि ठुलो क्षति गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend