साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असार १६ ।
धुर्कोट गाउँपालिकाका कोरोना संक्रमित डिस्चार्ज भएका छन् । मंगलबार धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित देविस्थान प्राथमिक विद्यालयमा बसेका चारजना संक्रमित डिस्चार्ज भएका हुन् ।
जसमध्ये वडा नम्बर ६ रजस्थलस्थित एकजना १९ बर्षकी महिला, वडा नम्बर ४ जैसिथोकका २९ बर्षिया पुरुष,६ रजस्थलका २६ बर्षिया पुरुष तथा नवलपरासीका २९ बर्षिया पुरुष डिस्चार्ज भएको गाउँपालिकाका कोभिड विशेष सुचना अधिकारी डिल्लिराज पराजुललीले जानकारी दिए।
१९ बर्षिय महिलाको जेठ ३१ गते तथा अन्य तीन पुरुषहरुलाई असार पाचँ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि दोस्रो पटक पिसिआर्को लागि स्वाब संकलन गरिएको थियो । उक्त रिपोर्ट पनि नेगेटिभ आएपछि तेस्रो पटक पिसिआर परिक्षणको लागि स्वाब संकलन गरेर उनीहरुलाई डिस्चार्ज गरिएको हो।
तेस्रो पटक संकलन गरिएको स्वाबको रिपोर्ट नआएपनि संक्रमितहरुको स्वास्थ्यमा कुनै लक्षण नदेखिएकोले उनीहरुलाई डिस्चार्ज
गरिएको हो। डिस्चार्ज भएका सबैजनालाई थप एक हप्ता घरमै सुरक्षित क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । यो सँगै धुर्कोट गाउँपालिकामा कोरोना मुक्त हुनेको सङ्ख्या २१ पुगेको छ ।
यसभन्दा अगाडी वडा नम्बर ४ जैसिथोकका एक पुरुष, वडा नम्बर २ पिपलधाराका दुई महिला र १२ पुरुष गरी १४ जना तथा वडा नम्बर ७ वाग्लाका दुईजना डिस्चार्ज भएका छन् । कोरोना संक्रमति १० जना अझै पनि गाउँपालिकाको आइसोलेशनमा छन् ।
जसमध्ये वडा नम्बर १ नयागाउँमा सातजना, वडा नम्बर ७ वाग्लामा दुईजना तथा वडा नम्बर ४ जैसिथोकमा एकजना रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए । गाउँपालिकामा अहिले विभिन्न वडाहरुमा गरी कुल १४० जना क्वारेन्टिनमा रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend