logo
  • शनिबार, साउन ३० २०८३

युरोपेली मुलुक माल्टामा गुल्मी सेवा समाज गठन, अध्यक्षमा गिरी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

माल्टा, असार १६ ।
गुल्मी जिल्लाका वैदेशिक रोजगारी रहेका युवाहरुद्वारा सञ्चालित सामाजिक संस्था गुल्मी सेवा समाज यूरोपली मुलुक माल्टामा गठन भएको छ । गुल्मेली दाजु भाइ दिदी बैनी तथा माल्टामा लामो समयदेखि कार्यरत तथा व्यव्सायीहरुको आम भेलाले अशोक गिरिको अध्यक्षतामा गुल्मी सेवा समाज माल्टाको स्थापना गरेको छ ।

उक्त कार्यसमितिमा १७ सदस्यीय कार्यसमिति रहेका छ्न । प्रवासमा रहेका नेपालीहरुको हक हित, अधिकारको लागि र समाजको चौतर्फी विकासको लागि गठित सामाजिक संस्थाको उक्त कार्यक्रममा रेमलाल खनाल, सन्देश केसी तथा महिला तर्फबाट सविता ज्ञवाली भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

माल्टाका गुल्मेली अग्रज तथा लामो समयदेखि माल्टामा बसोबास गर्दै आउनु भएका बाबू अर्यालले उक्त समितीलाई सफल कार्यकालको लागि शुभकाना दिनुभएको थियो । उक्त कार्यक्रम को सन्चालन युवा समाजसेवी तथा व्यवसायी भुवन अर्यालले गर्नुभएको थियो । गठित कार्यसमितिका पदाधिकारीहरु निम्नानुसार रहेका छन् ।

अध्यक्ष अशोक गिरि, उपाध्यक्ष  दिपक भण्डारी, उपाध्यक्ष स्शंकर भण्डारी, महिला उपाध्यक्ष सविता ज्ञवाली, सचिव राम प्रसाद भण्डारी, सह-सचीव, हरि खरेल कोषाध्यक्ष अर्जुन कनौजे,सह कोषाध्यक्ष दिपक गौतम सदस्य अन्जु गौतम,सदस्यहरु लालु गिरि, शुशिल खत्री, युवराज भट्टराई, खिमान्नद खरेल, प्रकाश थापा श्रीराम अर्याल, केशव भण्डारी, सल्लाहकारह्ररु राजु अर्याल, विष्णु गौतम, सेमलाल खरेल, भुवन अर्याल तोयनारायण पंगेनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend