साझा नेटवर्क
साझा नेटवर्क,असार १६।
वुद्ध जयन्तीमा अभियानले केही बर्षदेखि रक्तदान कार्यक्रम राख्दै आएकोमा यस्पाली कोरोनाको कारण उक्त कार्यक्रम गर्न नसकिएकोमा लकडाउन केही खुकुलो गरिएकोले मेलबर्नको बिभिन्न ठाउँबाट २६४४ औं वुद्ध जयन्तीको उपलक्षमा रक्तदान गरिएको छ ।
कोरोनाको कारण दूरी कायम गरिनुपर्ने भएकोले रक्तदानको लागि समय पाउन करीब एक महिना पर्खनु पर्ने र केहीले केही प्राबिधिक कारणले गर्दा रक्तदान गर्न नपाएकाले यो कार्यक्रमलाई बर्षैभरि निरन्तरता दिइने बताए ।
वुद्धको जन्मस्थल बिषयमा विस्वब्यापी दिग्भ्रम सिर्जना भएका कारण अभियानले केही बर्षदेखि वुद्धको जन्म नेपाल भएकाले वुद्ध जन्मलाई आधार मानेर सोही अनुरुपको संख्यालाई वुद्ध जयन्ती मान्न अनुरोध गर्दै आएको छ, जबकि पहिला वुद्धको महापरिनिर्माणलाई आधार मानेर मान्ने गर्थे। जयन्ती भन्ने बित्तिक्कै जन्मकै आधारमा मनाउने विस्वब्यापी प्रचलन भएकोले पनि यो अवधारणामा मनाउदै आएको बताए । त्यसैले यो बर्ष २६४४ औं वुद्ध जयन्ती मनाइएको हो ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend