logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा मङ्गलबार ३७ जनामा कोरोना संक्रमण पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

Blood sample tube positive with COVID-19 or novel coronavirus 2019 found in Wuhan, China

अनिल खत्री, गुल्मी १६ असार।
गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना र रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरु रहेका छन् । क्वारेन्टीनमा बसेकाहरुमा कोरोना भाइरस चेक जाँच गर्न आरडीटी पोजिटिभ आए मात्रै पिसिआर गर्ने गरिएको छ । थपिएका संक्रमित अनुसार जिल्लामा ३२४ जना पुगेका छन् । संक्रमित कुल ४२ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार ५ सय २२ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३८५ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend