logo
  • सोमबार, असोज १२ २०८३

सलह किरा आएसगै अर्घाखाँचीका किसानमा त्रास


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

दिपेन्द्र खत्री, गुल्मी असार १६।
अर्घाखाँचीमा सलह किरा देखिएकाे छ।सलह किरा शनिबार नेपाल र भारतको सिमामा रहेका जिल्ला कपिलवस्तु ,पर्सा, बारा, सर्लाहि, लगायतका जिल्लामा प्रबेश गरेको थियो । भारतबाट तराई प्रवेश गरेको सलह किरा अर्घाखाँचीका विभिन्न स्थानमा देखिएको छ।जस्काे कारण आम किसानमा त्रास फैलीएकाे छ।

ठूलो समूहमा उँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह जिल्लाको तीन नगरपालिका, र तिन गाउँपालिकाका विभिन्न स्थानमा दैनिक फाट्ट–फुट्ट मात्रामा देखिएको हो।सलह किरा जिल्लामा देखिन थालेपछि किसानमा त्रास फैलिएको छ।साेमबार बिहान पख्ख अर्घाखाँची जिल्लाका भुमिकास्तान नगरपालिकासहित केही स्थानमा प्रबेश गरि उडिरहेको थियो भने साझपख भुमिकास्तान, मालारानी, छत्रदेव तथा अन्य स्थानीय तहहरुमा देखिएको स्थानियहरुले बताएका छन् ।

स्थानीयका अनुसार सलह साेमबार बिहान पख्ख धनचौरको पाकु, डढुवा, ठुला डेवामा जुकेना ठाडा हुँदै आएको हुन सक्ने अनुमान गरिएको छ ।

किसानमा त्रास

अर्घाखाँचीका किसानमा त्रास थपिएको छ । किसानले लगाएको मकै धान तथा अन्य बालीमा सलह प्रबेश गरेसंगै किसानमा त्रास थपिएको मालारानी गाउँपालिका वडा नं १ कि वडा सदस्य सरस्वती पन्थी पाण्डेकाे भनाई छ उनले थपिन विश्व जगत कोरानासग लडिरहेको बेलामा सलह किराको रोकथाम समयमै गर्ने नेकेमा सिङ्गो नेपालमा भोकमरि आउन सक्ने पाण्डेले बताईन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend