logo
  • शनिबार, साउन ३० २०८३

कविता : के अर्थ


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

रामु ज्ञवाली

त्यो भव्य स्वागतको के अर्थ !
स्वागत आफ्नै गोजिले किन्नु परेपछि !!

त्यो बाहिर सुनिने तालिको के अर्थ !
बाध्यताले २ हात पिट्दा निस्केको मात्र आवाज भएपछि !!

त्यो दिन-दिन नै खाने गालिको के अर्थ !
कान नै कमजोर भएपछि !!

त्यो च्याउ आकारको चित्रको के अर्थ !
पिडितको पिडा र चित्कार सुनेर पनि नसुनेपछि !!

त्यो फर्सि भन्दा भरिलो, चिल्लो र ठुलो टाउकाको के अर्थ !
सोच बिचार मै ढुसी पलाएपछि !!

त्यो बास को ढुङ्ग्रो जस्तो नाकको के अर्थ !
त्यो दुर्घन्धित भ्रष्टचारी, अपराधी बलात्कारी थाहा नपाएपछि !!

त्यो बलियो हातको के अर्थ !
सच्चाइका सामु थर-थर काम्दै जोडिएपछि !!

त्यो सिन्ह गर्जने स्वरको के अर्थ !
साचो बोल्नु पर्दा भक-भकाएछि, बर्बराएपछि !!

छिटो छिटो चालिएका ति लामा पाइलाको के अर्थ !
कुनै निश्चीत गन्तव्य नभएपछि !!

ति खुल्ने र बन्द हुने आखाको के अर्थ !
अपराधी, भ्रष्टचारी र बलात्कारीलाई देख्दै नदेखेपछि !!

त्यो जिब्रोको के अर्थ !
तलब कि घुस नछुट्याएपछि !!

त्यो महङ्गो कोट पाइन्टको के अर्थ !
भित्र लुकाउन भनि राखेको लाजको थुप्रो भएपछि !!

त्यो दिवा सपनीको के अर्थ !
जुन पुरा गर्नको लागि अर्को सपनि कुर्नु परेपछि !

यो मेरो भावनाको के अर्थ !
रहरले नभई बाध्यताले कोर्नु परेपछी !!

                             रामु ज्ञवाली

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend