साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार १५ ।
गुल्मीको इस्मा गाउँपालिका २ स्याँलामा ट्र्याक्टर दुर्घटना हुँदा बेपत्ता एक जनाको शब फेला परेको छ । सोमबार बिहान सिमलटारीबाट छल्दी हिडेको लु ३ त ३२६७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई ३० मिटर तल खोलामा खसेको सशस्त्र प्रहरी नायब उपरिक्षक बिनोदराज खनालले जानकारी दिए ।
दुर्घटनामा ट्र्याक्टरमा सवार गुल्मीदरबार गाउँपालिका ६ वस्ने अन्दाजी १३ बर्षको विकास परियार बेपत्ता भएका थिए । खोलामा बाढी आएका कारण उनी बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल, नेपाल नं ३७ गुल्म गुल्मीबाट सशस्त्र प्रहरी निरिक्षक कमलेश कुमार महतोको टोलीले खोलामा शब फेला पारेको खनालले जानकारी दिए ।
सशस्त्र प्रहरीको टोलीले करिव एक घण्टामा परियारको शब खोलाभित्र ट्र्याक्टरको चक्कामुनी फेला परेको थियो । दुर्घटनामा ट्र्याक्टरका चालक रेसुङ्गा नगरपालिका १० वस्ने वर्ष २५ को विष्णु परियार घाईते भई पाल्पामा उपचार गरिरहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend