logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा आइतवार १२ जना कोरोना संक्रमित थपिए


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी असार १४ ।
गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा ११ जना र रेसुङ्गा नगरपालिकामा १ जना गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

थपिएका संक्रमित अनुसार जिल्लामा २८७ जना पुगेका छन् । संक्रमित कुल ४२ जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार ४ सय ९६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५४१ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend