साझा नेटवर्क
हुमाकान्त पोखरेल
गुल्मी
१४ असार । गुल्मीमा पहिरोले घर–गोठ बगाउदाँ २५ लाख बराबरको क्षति भएको छ । गएराति करिब १ बजेको समयमा गुल्मीदरबार गाउँपालिका १ बलिथुम पिपलपोखरास्थित ६५ बर्षिया लोक बहादुर सोनारीको घरगोठ बगाउदा उक्त क्षति भएको हो । गएराति परेको अविरल बर्षाले सोनारीको घरभन्दा करिब २० मिटर माथिबाट गएको पहिरोले उनको घरगोठसहित खेती गर्दै आएको जग्गा समेत बगाएको छ ।
रातिको समयमा सोनारीका छोरा बाहिर निस्केको बेला ढुङ्गा खसेको देखेपछि परिवारका सबै सदस्यहरुलाई उठाएर भाग्न सफल भएका थिए । जसले गर्दा कुनै मानविय क्षति नभएपनि घर, गोठ र खेती गर्दै आएको बारि पूर्णरुपमा पहिरोले बगाएर नष्ट गरेको स्थानीय समाजसेवी मनिराम अर्यालले जानकारी दिए ।
गोठमा रहेका एउटा व्याउने भैँसी, एउटा दुहुनो गाई, चारवटा व्यउने बाख्रा, दुईवटा व्याउने सुगुर, एउटा बोका लगायत सबै गाईवस्तु मरेका छन् । भने घरमा रहेको केहि नगदसहित अन्न, खाद्यान्न, एकतोला सुन, नगद सबै नष्ट भएको छ । विस्थापित सोनारीको पाचँ जनाको परिवारलाई अहिले जनज्योती प्राथमिक विद्यालयमा व्यवस्थापन गरिएको छ । पहिरो प्रभावित परिवारलाई बलिथुम युवा क्वलले एक सेट पकाउने भाडाँ दिएको छ । भने रेडक्रस र गाउँपालिकाबाट पनि सहयोग जुटाउने प्रयास भइरहेको समाजसेवी ज्ञवालीले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend