साझा नेटवर्क
सूर्य सुनार,गुल्मी असार १३ ।
पेगा निम्न माध्यामिक विद्यालयमा रहेका ३ जनाको आरडिटि रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ को पेगाा निम्न माध्यामिक विद्यालयमा भारत बाट आएका ३ जना लाई हिजो शुत्रबार रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज गरिएको वडा सदस्य शंकर रायमाझीले जानकारी दिनुभयो ।
उनीहरु १४ दिन सम्म क्वारेन्टीनमा बसेर रिपोर्ट नेगेटिप आएर घर डिस्चार्ज गरिएको हो । यस अघि भारत बाट आएर पृथ्वी माध्यामिक विद्यालयको क्वारेन्टीनमा बसेका ९ जना लाई पिसिआर रिपोट पोजिटिप आए पछि उनीहरु लाई नगरपालिकाले निर्माण गरेको आइशोलेशनमा पढाइएको थियो । उनीहरु लाई हिजा शुत्रबार आफु गएर भेटेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको खानपान एवंम विविध पक्षमा राम्रो रहेको वडा सदस्य रायमाझीले बताउनुभयो । साथै रायमाझी त्यहाँ गएर भेटघाट गर्दा क्वारेन्टीनमा रहेका व्यक्तिहरु खुशी भएको पनि उहाँले बताउनुभयो ।
क्वारेन्टीनमा बसेका व्यक्तिहरु पनि राम्रो सेवा सुविधा भएको प्रति नगरपालिका लाई खुशि व्यक्त गरेका छन् । क्वारेन्टीनमा बसेका व्यक्तिहरु लाई छुटछुटाई सुत्ने , शैचालयको पनि राम्रो व्यवस्था रहेको प्रति वास्तावमा क्वारेन्टीन जस्तो नलागेको उनीहरुले बताएका छन् । उनीहरुको केही दिनमा पुनःपिसिआर रिपोर्ट आएपछि घर पठाइने भएको छ । नगरपालिकाको क्वारेन्टीमा बसेका व्यक्तिहरु ९ जना वडा नम्बर ३ रहेका छन् । गुल्मी जिल्लाका विभिन पालिकाहरुले क्वारेन्टीनमा बसेका व्यक्तिहरु लाई राम्रो व्यवहार गरेको पाइन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend