logo
  • सोमबार, असोज १२ २०८३

झुण्डिएर आत्महत्या प्रयास गरेका गायक परियारको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

बुटवल, असार १२ ।
आत्महत्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ । गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

झुण्डिएको अवस्थामा भेटेपछि उनलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए ।

कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन् । उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए । उनि केहि महिना पहिले गुल्मी सेवा समाज कतारको निमन्त्रणामा बनभोज तथा साँस्कृतिक कार्यक्रमका लागि कतार समेत गएर फर्किएका थिए ।

दीपकको शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend