logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

Blood sample tube positive with COVID-19 or novel coronavirus 2019 found in Wuhan, China

अनिल खत्री, गुल्मी असार १३ ।
गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा जिल्लाको धुर्कोट गाउँपालिकामा ५ जना, इस्मा गाउँपालिकामा ४ जना र रुरु क्षेत्र गाउँपालिकामा ३ जना गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

कोरोना संक्रमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकामा २९ वर्षका, ३६ वर्षका, ३५ वर्षका र २३ वर्षका पुरुष र १९ वर्षकी महिला रहेकी छन् । त्यस्तै इस्मा गाउँपालिकामा २० वर्षका, ३४ वर्षका, २६ वर्षका पुरुष र २२ वर्षकी महिला रहेका छन् ।

रुरु क्षेत्र गाउँपालिकामा २८ वर्षका, ३५ वर्षका, ५ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी आचार्यले बताए । थपिएका संक्रमित अनुसार जिल्लामा २५७ जना पुगेका छन् । संक्रमित २० जना कोरोना मुक्त भएकर घर फर्केका छन् ।

जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार ४ सय ५६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५५९जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend