logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी जिल्ला समाज युकेद्धारा ठुलो परिणाममा स्वास्थ्य सामग्री प्रदान


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

 

टोपलाल अर्याल
गुल्मी, ११ असार
गुल्मी जिल्ला समाज युकेले जिल्लाका उपल्लो तम्घास आइसोलेसन केन्द्रसहित चार स्थानीय तहको स्वास्थ्य केन्द्रलाई अध्याधुनिक स्वाब संकलन तथा ज्वरो क्लिनिक कक्ष प्रदान गरेको छ । चार स्थानीय तहमा छत्रकोट, रुरु क्षेत्र, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको स्वास्थ्य केन्द्रलाई एक-एक थान अध्याधुनिक स्वाब संकलन तथा ज्वरो क्लिनिक कक्ष प्रदान गरिएको सहयोग सामग्रीको व्यावस्थापन गरिरहेका शुभलक्ष्मी फर्माका व्यावस्थापक होम पल्लीले जानकारी दिए । त्यस्तै गुल्मी जिल्ला अस्पताललाई २० थान पिपिइ सेट र दुई थान थर्मल गन प्रदान गरिएको पल्लीले बताए ।

त्यस्तै समाजले जिल्लाका सात स्थानीय तहलाई कोरोना बिरुद्ध प्रयोग गरिने महत्वर्पूण स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । गुल्मी दरवार, कालिगण्डकी, सत्यवति, इस्मा, धुर्कोट, मालिका र मदाने गाउँपालिकालाई २० थान पिपिइ सेट र दुई थान थर्मल गन प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । त्यस्तै जिल्ला बिपद् व्यावस्थापन समिति, पत्रकार, नगर तथा गाउँपालिका प्रमुखहरुलाई एक÷एक थान केएन नाइन्टि फाइम माक्स समाजले प्रदान गरेको छ ।

समाज मार्फत प्राप्त सवै सामग्रीहरु जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सम्बन्धित स्थानीय तह र गुल्मी अस्पताललाई प्रदान गरेका छन् । गुल्मी जिल्ला समाज युकेका प्रतिनिधी लक्ष्मण गौतमले जिल्लाका सवै किसिमका बिपद्हरुमा आफुहरुको साथ र सहयोग यो नौलो नभएको बताए । उनले युके समाज मार्फत आगलागी, बाढी पहिरो, भुकम्प, दिर्घ रोगी र थुप्रै गैरसरकारी कार्यालयहरुलाई सहयोग पुराउँदै आएको बताए । सामग्री प्रदान गर्दै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले परदेशमा भएर पनि जन्मभुमीप्रति प्रवासीले देखाएको सहयोग अतुलनिय भएको बताए । गुल्मी जिल्ला समाज युकेलाई बिशेष धन्यबाद दिर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा पराजुली र शर्माले गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend