साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी
१० असार । स् गुल्मीको मदाने गाउँपालिकाले गाउँपालिकाको केन्द्र टुङ्गाएको छ । बुधबार सम्पन्न गाउँसभाले मदाने गाउँपालिका ६ छिर्नेमा गाउँपालिकाको कार्यालय बनाउने निर्णय सर्वसम्मत पारित गरेको हो । स्थानीय तहको निर्वाचन भएको लामो समयसम्म पनि केन्द्र नटुङ्ग्याउदा आलोचना भएपछि मदानेले बुधबार गाउँसभाबाटै केन्द्र टुंगो लगाएको गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेलले जानकारी दिनुभयो। गाउँपालिकाको भवन बनाउनको लागि यसभन्दा अगाडि नै पाँच रोपनी जग्गा प्राप्त भइसकेको छ । अहिले थप पाँच रोपनी गरी कुल १० रोपनी जग्गा भवन बनाउन निशुल्क प्राप्त भएको छ ।
गाउँपालिकाको प्रशासकीय भवन बनाउनको लागि गाउँसभाबाट एक करोड ५० लाख रकम समेत बिनियनोजन गरिएको छ । उक्त रकमले पनि नपुगे प्रदेश वा केन्द्र सरकारबाट रकमको लागि पहल गरि भवन निर्माण गर्ने योजना रहेको गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले जानकारी दिनुभयो । यो सँगै जिल्लाका १२ स्थानीय तहहरूमध्ये १० वटा स्थानीय तहको केन्द्र टुंगिएको छ । तर इस्मा गाउँपालिका र मालिका गाउँपालिकाको केन्द्र भने अझैसम्म पनि टुंगो लाग्न सकेको छैन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend