logo
  • सोमबार, असोज १२ २०८३

छत्रदेव गाउँपालिकाको नीति तथा कार्यक्रममा कृषि पशु तथा स्वास्थ्य क्षेत्रलाइ प्राथमिकता


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

मधुसुधन पाण्डे,अर्घाखाँची असार १०।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको नवौं गाउँ सभा तथा बजेट अधिवेशन सम्पन्न भएको छ । नवौं गाउँ सभाबाट आ.व .२०७७/७८ का लागि  ६१ करोड ३३ लाख ६१ हजार ८० रूपैयाँ बराबरको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । जस मध्य चालु खर्च तर्फ ३८ करोड ८६ लाख २६ हजार र पूँजिगत तर्फ २२ करोड ४७ लाख ३५ हजार ८० रूपैयाँ विनियोजन भएको छ । गतबर्ष भन्दा यो बर्ष वजेट केही फरक रुपमा ल्याईएको हो विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस ९ऋयखष्म(ज्ञढ० का कारण परेको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य कृषि तथा पशुपालनका क्षेत्रलाई प्राथमिकता दिईएको बजेटमा पुर्वाधार विकास, सामाजिक विकास तथा आर्थिक विकासका महत्वपुर्ण योजना समावेश गरिएको छ ।

सभा मार्फत गाउँपालिका स्तरीय विधेयक समितिका संयोजक श्री तेजप्रसाद खनालबाट आर्थिक विधेयक (२०७७ र विनियोजन विधेयक(२०७७ पेश भएको र सभा मार्फत स्विकृत भई ऐनको रूपमा परिणत भएको छ ।यस सँगै आजको सभामा छत्रदेव गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक श्री कमल पौडेल, आर्थिक समितिका संयोजक श्री राजकुमार श्रेष्ठ, पुर्वाधार विकास समितिका संयोजक प्रकाशराज पन्थी, सार्वजनिक सेवा प्रवाह तथा सुशासन समितिका संयोजक श्री राजेशकुमार पन्थी र लेखा समितिका संयोजक श्री बालकृष्ण श्रेष्ठबाट आ(आफ्ना विषयगत समितिका प्रतिवेदन पेश गरी सभाका अध्यक्ष श्रीमान लेखनाथ पोख्रेललाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend