साझा नेटवर्क
विक्रम पाण्डे, अर्घाखाँची असार ११ ।
नेपाली कांग्रेस जिल्ला सभापति विष्णु खनाल मुस्कानले अर्घाखाँचीमा न्याय नमरेको बताएका छन् । सभापति खनालले नेपाली कांग्रेस सधै न्यायको पक्षमा उभिएको दावी गरे । नेपाल प्रेस युनियन अर्घाखाँचीले कोरोना भाईरसको सन्दर्भमा अर्घाखाँचीमा अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री तथा युनियनकर्मीलाई प्रेस ज्याकेट हस्तान्तरण कार्यक्रमलाई संबोधन गर्दै खनालले जिल्लामा हुने विभिन्न किसिमका अपराध, अन्याय तथा हिंसाजन्य गतिविधीको विरुद्धमा डटेर लाग्ने बताएका छन् ।
सभापति खनालले पिडितलाई न्याय दिलाउने पक्षमा कसैलाई पाखा र कसैलाई काखाको दृष्टिले नहेरेको बताए । केहीदिन मात्र जिल्लामा अर्घाखाँची काण्डको रुपमा भाईरल भएको विषयलाई लक्षित गर्दै खनालले भने , “ पिडित भनिएकी महिलाले नै दोषी भनिएका सहयोगी विसीले माफी माग्न तयार भए म माफ दिन तयार छु भनि सकेपछि मात्र दुबै पक्षवीच सहमति भएको हो ।

यसमा सामाजिक संजालमा आएजस्तो कसैको डर धम्की , करकाप र दबाबमा परेर महिलाले माफी दिइएकी होइनन् आफु राजीखुसी भएर माफी दिएकी हुन् । सामाजिक संजालमा लेखिएका टिप्पणीको पछाडी नलाग्न सम्पुर्ण अर्घाखाँची बासीलाई अनुरोध गर्दछु । अफवाहका पछाडी नलाग्नुहोस् ।
कार्यक्रममा कोरोना भाईरसको समयमा जिल्लामा अग्रपंक्तिमा रहेर काम गर्ने कृयाशिल संचारकर्मी तथा पत्रकारहरुलाई स्वास्थ्य सामाग्री तथा युनियनकर्मीलाई प्रेस ज्याकेट वितरण गरीएको थियो । १० पिस ज्याकेट युनियनका केन्द्रीय सल्लाहकार शिव लम्साल, २० पिस ज्याकेट ठुलापोखरामा जन्मेर काठमाडौंको बागबजारमा व्यावसायी गर्ने शिवदेव पाण्डे र मास्क सन्धिखर्कको त्रिदेव फार्मेसीबाट उपलब्ध भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादर जिसी लेकाली , पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पंथी , प्रेम आचार्य, अशोक खनाल, प्रेस सेन्टरका बसन्त श्रेष्ठ, प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य श्याम घिमिरे, प्रगतिशिल पत्रकार संघका जिल्ला पुर्व अध्यक्ष विनोद गैरे, विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम नेपाली कांग्रेस जिल्ला सभापति विष्णु खनाल मुस्कानको प्रमुख आतिथ्यता , युनियन सभापति विरेन्द्र केसीको सभापतित्व एंव सचिव विष्णु खनालको सञ्चालनमा सम्पन्न भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend