साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्यूठान असार १० ।
“कृषि शिक्षा ,पर्यटन र पुर्बधार प्राथमिकता हाम्रो ! सबै स्वास्थ र समृद्धि भए,बन्छ गौमुखी राम्रो !” भन्ने मुल नारालाई आत्मसाथ गर्दै गौमुखी गाउँपालिका प्युठानको आठौँ गाउँ सभा सम्पन्न भएको छ ।
गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले आठौ गाउँ सभा समक्ष आ ब २०७७/७८को बार्सिक निति तथा कार्यक्रम पस्तुत गर्नु भएको छ । निति तथा कार्यक्रम पस्तुत गर्दै अध्यक्ष गिरीले आ ब २०७६/७७ मा जस्तापाताले बिपन्न १४६० घर धुरी छाइसकेको यो बर्ष ११६ परिवार लाभान्वित भएको,गौमुखी गाउँपालिका का ७ वटै वडा भवन सम्पन्न र गाउँपालिकाको बहुबर्सिय सुबिधा सम्पन्न सभाहल निर्माण भइ रहेको ,सडक गुरुयोजना निर्माण भइ सकेकोले योजना तथा बाटोको सन्जाल जोदिने ,गाउँपालिकामा ३ रोपनी जग्गा प्राप्त गरेको र वडामा पनि प्राप्त गरेको ,धार्मिक पर्यटकिय स्थलको पर्यटन प्रबर्द्धन गर्न गौमुखीमा माघ १ गते भ्रमण बर्ष २०२०को शुभारम्भ गरिएको ,गत बर्ष ४ वटा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको, कोरोना भाइरसको महामारी भइ रहेको सन्दर्भमा गौमुखीमा क्वारेन्टाइन तथा आइसोलेन्स निर्माण गरिएको ,प्राप्त औषधि खरिद र दुर्गमका बिरामीहरुलाई सेवा सुबिधाका लागी एम बि बि एस डाक्टर सहितको सेवा प्रदान गरिएको तेसै गरि आ ब २०७७/७८ मा कोरोना भाइरसको महामारी ले देशमै अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्ने खालका योजना बनाउन जोड दिने र स्वास्थ्य , युवा रोजगार मुखी ,कृषि, पशु,खानेपानी ,बन, पर्यटन,खेलकुद शिक्षामा लगानी ,सडक स्ततोस्तरुन्नती जस्ता महत्त्वपूर्ण योजना रहेका छ्न ।
एक घर एक धाराको निति अबलम्बन जनगुनासो सम्बोधन ,गर्ने रहेका छन । तेसै गरि युवा ,महिला ,दलित ,जनजाति र बिपन्न बर्गलाई प्राथमिकता दिइने छ।भने इमानदारीता ,निश्पक्षता,कर्तब्यता,पारदर्सिता सस्कृतीको बिकास गर्ने र कोभीड विशेष रोजगारी सिर्जना गर्ने रहेका छ्न।भने २०४९ सालमा जननिर्वाचित सामाजिक ब्यक्तित्व जिवित सबैलाई सम्मान गरिएको थियो ।भने गाउँपालिकामा योगदान पुराएका कर्मचारीहरु सम्मानित भएका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend