साझा नेटवर्क
रमेश गिरि,प्यूठान असार १० ।
प्युठान नगरपालिकाकाे आठौँ नगरसभा आजबाट सुरू भएकाे छ । नगरसभामा आर्थिक वर्ष २०७७/७८ काे लागि ६९ कराेड ८ लाख ५० हजार रूपैया बरावरकाे बजेट प्रस्तुत गरिएकाे छ ।
काराेनाकाे महामारी बढदाे क्रममा रहेकाे र संक्रमितकाे संख्या तिव्र गतिमा वृद्धि भएकाेले यसकाे राेकथाम ,नियन्त्रणका लागि विशेष कार्यक्रम संचालन गर्ने र उपचारका लागि नगरपालिकाले प्रत्येक वडामा एक एक अाईसाेलेसन सेन्टर निर्माण गर्ने याेजना रहेकाे कुुरा नगरपालिकाकाे नीति तथा कार्यक्रममकाे बारेमा जानकारी गराउन अायाेजना गरिएकाे पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतीले उक्त कुरा बताउनु भएकाे हाे ।
नगरसभामा प्रस्तुत गरिएकाे बजेटकाे विस्तृत विवरणकाे बारेमा नगरपालिकाका प्रवक्ता लक्ष्मीप्रकाश राजभण्डारीले बताउनुभएकाे थियाे । उक्त पत्रकार सम्मेलनमा नगर उपप्रमुख शान्ता अाचार्य ,प्रमुख प्रशासकिय अधिकृतका साथै अन्य जनप्रतिनिधिहरूकाे उपस्थिति थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend