साझा नेटवर्क
अजय पाठक, बाँके असार ९ ।
बाँके प्रहरीको मोष्ट वान्टेडमा रहेका फरार अभियुक्त पक्राउ परेका छन । पाँच जनाको हत्या लगायत नौ वटा मुद्दाका फरार अभियुक्त राजेश यादव उर्फ ‘धर्मसिंह’लाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

बिगतमा शशस्त्र भुमीगत समुह तराई जनतान्त्रीक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आवद्ध रही बाँके जिल्लामा हत्या, अपहरण, ज्या.मा.उ., बम विष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधा दर्जन भन्दा बढी अपराधमा संलग्न रही फरार रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

फरार अभियुक्त यादवलाई बाँके साविक वनकट्टी गाउँपालिका वडा नं.पाँच हाल डुडुवा गाउँ पालिका वडा नं.३ मा वस्ने ३१ वर्षिय धर्मा सिंह उर्फ “राजेश यादव” पक्राउ भएका छन ।
असार ८ गते भारतबाट घरमा आएको भन्ने सूचनाको आधारमा बाँके जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले यादवको खोजतलास गर्ने क्रममा उनलाई मंग्लवार ३ बजेको समयमा डुडुवा गाउँपालिका वडा नं. ५ स्थित पक्राउ गरेको हो ।
फरार अभियुक्त यादव संग १ थान तरवार, १ थान चक्कु सहित फेला पारी पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend