logo
  • सोमबार, असोज १२ २०८३

ग्लोबल आइएमइ बैंकद्धारा मुसिकोटको कोरोना कोषमा ५० हजार सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल,वामीटक्सार असार ९ ।

ग्लोबल आइएमइ बैंक लिमिटेड वामी शाखा गुल्मीले मुसिकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोष खातामा ५० हजार रुपैयाँ सहयोग गरेको छ ।बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत शाखाको तर्फवाट मुसिकोट नगरपालिकालाई सहयोग गरिएको शाखा प्रवन्धक माधव उपाध्यायले जानकारी दिनुभएको छ । केन्द्रिय र प्रदेश स्तरमा समेत सहयोग गरिरहेको बैंकले शाखा मार्फत स्थानिय स्तरमा समेत सहयोग गरेको हो । सो सहयोग रकमको भौचर बुझ्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले कोरोना विपद् नियन्त्रणमा सवैको साथ र हात आवश्यकता रहेको भन्दै बैंक परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारी, ग्लोवल आइएमइ बैंक लिमिटेडका अपरेशन इन्चार्ज बुद्धमणि खराल लगाएतको सहभागिता रहेको थियो । बैंकले सेवा ग्राहिको आवश्यकतालाई मध्यनजर गर्दै कोरोना महामारिको सन्दर्भमा समेत अत्यावश्यक सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend