साझा नेटवर्क
साझा नेटवर्क,प्युठान असार ८ ।
प्युठानान थप ४५ जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य भैरहवामा सोमवार गरिएको परिक्षणमा प्युठानका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानका जनस्वास्थ्य निरीक्षक कोशल बैद्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वर्गद्धारी नगरपालिकामा १२ जना, प्युठान नगरपालिकामा १८ जना, मल्लरानी गाउँपालिकामा ५ जना, ऐरावती गाउँपालिकामा ८ जना र नौवहिनी गाउँपालिकामा २ जना रहेका छन् । मल्लरानी गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यस सँगै जिल्लामा कोरोना संक्रमतिको संख्या १ सय ६९ पुगेको हो ।
जिल्लामा सोमवार मात्रै २३ जना नयाँ संक्रमित थपिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend