logo
  • सोमबार, असोज १२ २०८३

दजाकोटमा पहिरोले २ घर विस्थापित ८ घर जोखिममा

नगरपालिका एकपटक पुगेन पीडितको अवस्था बुझ्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सागर भण्डारी,गुल्मी असार ८ ।

लगातारको वर्षासगैं मुसिकोट नगरपालिका वडा नं ४ दजाकोटका ८ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । उक्त स्थानका चुरा बहादुर छन्त्यालको घर आगन तलबाट पहिरो गएपछि उहाँको परिवारसगैं सगैं रहेका छिमेकी हुमानसिहं छन्त्यालकोे परिवार विस्तापित नै बनेका छन् । त्यस्तै अन्य ८ घर परिवार पनि पहिरोको उच्च जोखिममा रहेको विमल छन्त्यालले जानकारी दिनुभयो ।त्यस्तै सोही ठाउँकै बोम बहादुर छन्तेल, रेसम छन्तेल, ढाल बहादुर गाहा, नगर बहादुर गाहा, गान बहादुर गाहा, सिब बहादुर गाहा, पोम बहादुर गाहा र यमबहादुर गाहाको घर पहिरोको उच्च जोखिममा परेको छ । पहिरोको जोखिम बढेपछि आफु ८ सदस्यीय परिवार सहित बगांलोमा आश्रय लिएर बसेको हुमानसिहं छन्तेलले बताउनुभयो । अन्यले भने ४ दिन देखि कोही बगांलामा त कोही टहरो निर्माण गरेर बसेको उहाँले दुखेसो गर्नुभयो ।

बाटो मुनिबाट वस्तिको ख्यालनै नगरी जवरजस्ती मोटरबाटो खनिएका कारण अहिले वर्षासगैं आफुहरु पहिरोको जोखिम मोलेर बस्न बाध्य भएको उहाँले बताउनुभयो । भुबनोट र बस्तीलाई ध्यानमा राखेर बाटो खन्नका लागि अन्य विकल्पहरु रहेपनि घर मुनिबाटै बाटो खन्दा बर्खा लागेसगैं पहिलो वर्ष नै घर मुनिबाटै पहिरो गएको उहाँले बताउनुभयो ।

पहिरो गएलगत्तै नगरपालिकालाई खबर गरेपनि अहिलेसम्म नगरपालिका अनुगमनका लागि समेत एकपल्ट नपुगेको पीडितहरुले गुनासो गरेका छन् । मेयर उपमेयरलाई जानकारी गराउँदा समेत कुनै जानकारी नै नभएजस्तो गरी बसेको उनीहरुको भनाई छ ।

विकासले निम्त्याएको विनास

मुसिकोट नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्यक्रम अनुसार वडा नं ४ अन्तर्गत मालाचिदी, छाप, दजाकोट, गुजुङ्गा, जेगां, पाईडाँडा फेँदी मोटरबाटो योजनाका लागि १५ लाख रुपैयाँ विनियोजन भएको थियो । उक्त सडकखण्ड अन्तर्गत दजाकोट र गजुङ्गा सडक खण्ड निर्माण गर्दा स्थानीयले उक्त खण्डमा भू धरातल कमजोर रहेको र बाटो खन्दा त्यसक्षेत्रका वस्तिहरु जोखिममा रहेको भन्दै बाटो निर्माण नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका थिए ।

स्थानीयले सडक निर्माणमा अवरोध सिर्जना गरेपछि नगरपालिकाले ईन्जिनियर राजेन्द्र गौतम लगायतको प्राविधिक टोली सहित अनुगमन समितिले पुन ः स्थलगत निरिक्षण गरेको थियो । उक्त अनुगमनले पुन ः सोही खण्डबाट मोटरबाटो निर्माण कार्य अगाडी बढाउन र ग्रेड नबिग्रने , विद्यालय लगायत लाभान्वित जनसंख्या समेत बढी हुने भन्दै जोखिम हुनसक्ने ठाउँमा मेसिनरी वाल सहित मोटरबाटो निर्माण गर्न आग्रह गरेको थियो ।

तर अनुगमन समितिले भने बमोजिमको बाटो निर्माण नहुँदा र आफुहरुले पहिलेनै उक्त सडक खण्डमा बाटो निर्माण गर्न नहुने र बस्ति खतरामा पर्ने भनी जानकारी गराएपनि जवरजस्ती बाटो निर्माण गर्दा अहिले स्थानीयनै विस्तापित हुने अवस्था आएको मुसिकोट नगरपालिकाका खेलकुद सयोंजक समेत रहेका विमल छन्त्यालले बताउनुभयो । उक्त सडकखण्ड निर्माणाधीन रहेकै अवस्थामा घर मुनीबाटै जमिन भासिएको र वर्षा पर्दा झनै खतरा बढ्दै गएको उहाँले बताउनुभयो ।

नगरपालिकाले ध्यान नदिएको गुनासो

उहाँले नगरपालिकालाई पहिरो गएको र वस्ती जोखिममा रहेको खबर गरेपनि कुनै प्रतिक्रिया नदिएको बताउनुभयो । उपप्रमुखलाई शनिवार फोन गर्दा आफु शनिवार आउन नसक्ने प्रतिक्रिया दिएको उहाँले बताउनुभयो । अहिले पहिरोको डरले छन्त्याल लगायत २ घर परिवार घरबाटै बसाई सरी अन्यत्र गई बसेका छन् । भने बाँकी रहेका घरमा पनि त्रास सिर्जना भएको छ । आकाशबाट पानी बर्षाना साथ आफुहरुलाई कतै पहिरोले लाने होकी भन्ने त्रास बढेको पीडित हुमानसिहं छन्त्यालले बताउनुभयो । विपदको समयमा परेको यो अर्को विपदलाई सामना गर्न नगरपालिकाले यथाशक्य आफुहरुलाई वैकल्पिक वस्ती स्थानान्तरण गर्न उहाँले आग्रह पनि गर्नुभयो । यस विषयमा हामीले सम्पर्क गर्न खोज्दा नगरप्रमुखको फोन उठेन भने उपप्रमुखको फोन सम्पर्क हुन सकेन ।

वडा नं ४ का वडाध्यक्ष ओमबहादुर केसीले भने उहाँहरु अहिले खतरामुक्त रहेको र २ परिवारलाई स्थानान्तरण गरी टहरोमा राखिएको बताउनुभयो । पहिरोबाट विस्थापित बनेका २ घरपरिवारलाई अहिले अस्थायी रुपमा व्यवस्थापन गरिएको र हिँउद सुरु भएपश्चात उनीहलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने जानकारी दिनुभयो । उहाँहरुले भनेजस्तो विपत्ति नभई सामान्य अवस्था रहेको र कतै विपत्ति हुन्छकी भनेर वडाकार्यालय मार्फत टिन उपलब्ध गराई अस्थायी रुपमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । साथै उहाँले रातको १२ बजेसम्म समेत फिल्डमा खटिएको उहाँको प्रतिक्रिया थियो ।साथै उक्त सडकखण्ड निर्माणको काम शनिवार देखि रोकिएको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend