साझा नेटवर्क
साझा नेटवर्क पाल्पा, असार ८ ।
पाल्पाको रम्भा गाउँपालिका वडा नं १ हुंगीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
हुंगीको झिर्दी खोलाले बगाउँदा वडा नं १ हुंगी खोलाखेतकी ७० वर्षकी मनकुमारी सारुको मृत्यु भएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए।
सोमबार बिहान पन्टार क्षेत्रको बजारमा किनमेल गर्न हिँडेका दुई जना महिलामध्ये सारुलाई एक्कासि माथिबाट आएको खोलाले बगाएको थियो।
खोलाले बगाएपछि उनको खोजी गर्दै जाँदा केही तल खोलाको किनारमा फालेको अवस्थामा स्थानीयले भेटाएका थिए। उनीसँगै गएकी अर्की महिला भने सकुशल रहेकी छन्
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend