logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा कोरोना संक्रमणमा वृद्धि, आज थपिएका ५ सहित संक्रमितको सङ्ख्या १७९ पुग्यो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी असार ७ ।
गुल्मीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकै दिन जिल्लाको सत्यवती गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

कोरोना संक्रमण पुष्टि हुनेमा वडा नम्बर–३ मा ५० वर्षका पुरुष, १८ वर्षका पुरुष ४४ वषकी महिला वडा नम्बर–४मा १५ वर्षका पुरुष, वडा नम्बर–६ मा २५ वर्षका पुरुष रहेका छन् । भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरुमा कोरोना संक्रमण पुटि भएको हो ।

थपिएका संक्रमित अनुसार जिल्लामा १७९ जना पुगेका छन् । संक्रमित ६ जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट ११६४ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५३३ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend