logo
  • शुक्रबार, असोज ९ २०८३

राप्रविसं संग एकता गर्न राप्रविसं (संयुक्त)द्वारा वार्ता टोली गठन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौ, असार ७ ।
विद्यार्थी संगठनको राजधानीमा उपलब्ध पदाधिकारीको आइतबार सम्पन्न बैठकले तत्कालीन राप्रपा निकट विद्यार्थी संगठनसँग समायोजनका लागि वार्ता गर्न सात सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता समितिको संयोजकमा उपाध्यक्ष युवराज राना, सदस्यहरूमा डम्बरजङ्ग शाही, कुमारी लामा, विजय काफ्ले, एन्टीसंघर्ष राई, बेलबहादुर थापा र भूपेन्द्र शाही छन् ।

दुई राप्रपा एकतापछि गठन भएको केन्द्रीय कार्य समितिमा यूवाहरूको न्यून उपस्थिति रहेकोमा विद्यार्थी संगठनले चिन्ता व्यक्त गरेको छ । केन्द्रीय समितिमा ५० प्रतिशत युवा सहभागिताको माग गर्दै राप्रपाका तीन अध्यक्ष पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको विज्ञप्तिमा ध्यानाकर्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend