साझा नेटवर्क
✍️ कृष्ण पन्थी
तम्घास-गुल्मी
हाल : बुटवल, रुपन्देही
सुख दु:ख जिन्दगीमा सबैलाइ पर्दो रैछ,
यो धर्तिमा जन्मने त पक्कै एकदिन मर्दो रैछ।
आसाहरु साच्दा साच्दै जिवनभरि पनि यहाँ,
भर्खर लाग्या कोपिलानी फुल्नै नपाइ झर्दो रैछ।
हरियाली जिवनमा आगो आफै लगाउदा,
आफ्ना सुखहरु पनि अन्तै तिर सर्दोरैछ।
कल्पनाको सागरमा मनको डुङ्गा तार्दा तार्दै,
विश्वासघात सधै यहाँ मान्छेले नै गर्दो रैछ।

✍️ कृष्ण पन्थी
तम्घास-गुल्मी
हाल : बुटवल, रुपन्देही
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend