logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा जिप पहिरोमा पुरीदा चालक सहित दुईजनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, गुल्मी असार ६ ।
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका ३ हाडहाडे नजिकै धनमुडामा सवारी जिप पहिरोले पुरिदा चालक सहित दुई जनाको ज्यान गएको छ भने तिनजना घाईते भएका छन् । हाडहाडेबाट धनमुडा सुत्केरीलाई घर पुराएर फर्किदै गरेको देउराली यातायातको लु १ च ३९९७ नम्बरको गाडी पहिरोमा पुरिएको हो ।

उक्त पहिरोमा पुरिंदा सोही गाउँका तुलसीराम काउछा (सरोज)को घटना स्थलमै मृत्यु  भएको थियो  भने चालक प्रदीप पुनको उपचारको लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । गाडीमा ५ जना सवारी थिए । घाइतेहरुलाई एम्बुलेन्स मार्फत उपचारको लागि अर्घाखाँची सन्धिखर्क पठाइएको छ ।

बाँकी तीनजनाको भने अवस्था सामान्य रहेकोले हाडहाडेमै प्राथमिक उपचार गरिएको छ । स्थानीय ३९ बर्षिय केशव काउछा, २१ बर्षिय खिम काउछा र १८ बर्षिय विशाल काउछाको अवस्था सामान्य रहेकोले हाडहाडेमै प्राथमिक उपचार गराइएको हो ।

जीप दिउँसो करिब १२: ३० तिर पुरिएपनि सामान्य अवस्थाका एकजना घाइते पैदलै गाउँसम्म पुगेर खबर गर्दा उद्धारमा ढिलाई भएको हो । लगातार दुई दिनदेखि भइरहेको बर्षाले जमिन कमजोर भएको र पहिरो खसेको हुनसक्ने प्रारम्भिक अनुमान छ । अहिले घटनास्थलमा प्रहरीको टोलिले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, पुर्कोट दहका इन्स्पेक्टर चुदालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend