logo
  • आइतबार, भाद्र २१ २०८३

मलेसियामा एक नेपाली श्रमिकको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, भाद्र २१ २०८३

बाबुराम थापा,मलेसिया । मलेसियाको जोहोरबारु सेतिया ट्रोपिकामा बिगत ७ महिनादेखि रेड फोर्स सेक्युरिटी सर्भिस एसडिएन बिएचडी नामक सेक्युरिटी कम्पनीसंग आबद्ध रहि कामगर्दै आईरहेका दिनेश चौधरीको मृत्यु भएको संगै बस्ने र सोही कम्पनीमा कामगर्ने गंगा बहादुर गौतमले बताए ।

गंगा बहादुरले बताए अनुसार नवलपरासी जिल्लाका दिनेश चौधरी हिजो शुक्रबार राती खाना खाएर सुतेका थिए।करिब राती बजेतिर चौधरीको अच्चानक छात्ति दुखेर स्वास फेर्न गार्हो भएको जस्तो फ्याँ फ्याँ गरिरहेको र १,२ मिनेट पछि मृत्यु भएको बताए ।

” हामीले रातीनै स्थानीय एम्बुलेन्सलाई फोन गरेर डाक्टर सहित बोलायौँ तर डाक्टरले मृत घोषणा  गर्नुभयो” गौतमले बताए।

रातीनै कम्पनीको म्यानेजर र पुलिस आएर मृतक चौधरीको शव पोस्टमार्टमको लागि अस्पताल लगिएको गौतमले साझा नेटवर्क मलेसिया प्रतिनिधिलाई बताए । चौधरीको घरमा श्रीमती र दुई छोराछोरी रहेका छन।

दिनेश चौधरी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend