साझा नेटवर्क
साझा नेटवर्क गुल्मी, असार ६ ।
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका ३ हाडहाडे नजिकै धनमुडामा सवारी जिप पहिरोमा पुरिदा एक जनाको ज्यान गएको छ भने दुईजना सख्त घाईते भएका छन् ।

हाडहाडेबाट धनमुडा सुत्केरीलाई घर पु¥याएर फर्किदै गरेको देउराली यातायातको लु १ च ३९९७ नम्बरको गाडी पहिरोमा पुरिएको हो ।
उक्त पहिरोमा पुरिंदा सोही गाउँका तुलसीराम काउछा (सरोज)को घटना स्थलमै मृत्यु भएको स्थानीय विष्णु घिमिरेले बताउनु भएको थियो ।
गाडीमा ५ जना सवारी थिए । घाइतेहरुलाई एम्बुलेन्स मार्फत उपचारको लागि लगिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend