logo
  • सोमबार, असोज १२ २०८३

चन्द्रकोट ८ को ज्ञानोदय नमूना माविले सुरु गर्यो टोल टोलमा घुम्ती र अनलाईन कक्षा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सुर्य सुनार,गुल्मी असार ६ ।

कोरोना भाइरसको कारणले देशमा नकारात्मक असर पुगेको छ । मुलुका शैक्षिक संस्थाहरु अहिले ठप्प भएको अवस्था छ । जसको प्रत्यक्ष असर कलिला बालबालिकाहरुमा परेको छ । यो समय भनेको विद्यार्थीहरुको कोष ३० प्रतिशत जति पुरा गर्नु पर्ने समय हो । तर विद्यार्थिहरुको कोष भने शुन्य अवस्था रहेको छ । यसले गर्दा विद्यार्थीलाई नकारात्मक असर पुगेको छ । बिद्यार्थी र अभिवावकमा अन्योलता थपेको छ । नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय सरकारले विद्यालयको पाठनपठनलाई विभिन्न बैकल्पिक माध्यमद्धारा संचालन गर्ने सुचना एवं विद्यालय शिक्षक शिक्षिका विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार गुल्मी जिल्लाका विभिन्न पालिकाका विद्यालयहरुले घुम्ती शिक्षा सञ्चालन गरेका छन् ।गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मा रहेको ज्ञानोदय नमूना माध्यामिक विद्यालयले टोलटोलमा गएर घुम्ती कक्षा संचालन गरेको छ । यही असार ४ गते देखी प्रत्येक दिन विहान ७ बजे बाट अनलाइन कक्षाहरुमा कक्षा ६ ,७ , ८ ,९, र १० सम्म संचालनमा ल्याएको विद्यालयका सुचना अधिकारी शिक्षक युवराज भण्डारीले जानकारी दिनुभयो । बाल शिक्षा देखी कक्षा ५ सम्म टोलटोलमा गएर घुम्ती कक्षा संचालन गरिएको विद्यालयका भण्डारीले बताउनुभयो । शैक्षिक क्षेत्रमा परेको असरलाई केही व्यवस्थापन गर्ने र विद्यार्थीहरुको भविष्यलाई उज्वल गराउन कोरोना भाइरस तथा कोभिड १९ को माहामारीमा पनि विद्यार्थी संग सहयात्री भएर विद्यार्थीको पाठन पठन लाई निरन्तरता दिइदाँ शिक्षक प्रति विद्यार्थिहरु खुशि भएको पाइन्छ ।

यसले गर्दा लामोसमयसम्म ठप्प रहेको शैक्षिक कार्यहरु चलायमान बनेको छ । बिभिन्न रेडियो, टेलिभिजनबाट पनि बिद्यार्थीहरुका लागी पठनपाठन सुरु भएको छ । यसको भरपुर प्रयोग गरी सिक्नको लागी बिद्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend