logo
  • सोमबार, असोज १२ २०८३

अर्घाखाँचीको क्वारेन्टाइनमा रहेकालाई वडावासीहरुको सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

दिपक खनाल, अर्घाखाँची असार ५ ।
हातका महिला सुनका थैला के गर्नु धनले सागर सिस्नो खएको बेला आनन्दी मनले भने झई यो भन्दा खुशी र सुख के होला केही समय अघि देखि विश्व व्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ को कारण अन्य मुलुकबाट आफ्नो देश अनि गाउँ फर्कने क्रम जारी छ र क्वारेन्टाइनमा बस्नेक्रम पनि जारी रहिरहेको अवस्थामा ज्ञान प्रकाश माध्यामिक विद्यालय क्वारेन्टाइनमा रहनुभएका आमा, बुवा, दाजु, भाइ, दिदी, बहिनीहरुको लागी स्वास्थ सामग्री र पोषणयुक्त खाना वडा भित्रका उदारमनका धनी विभिन्न व्यात्तित्वहरुद्वारा सहयोग प्राप्त भई रहेको छ ।

मेरो, तेरो, उस्को नगरी हामी सबै एउटै हौँ भनेर सोच्न सक्यौं भने साच्चै उदाहरणिय बन्न सकिन्छ भन्ने कुरा यहाँका वडा बासिले देखाउनुभको छ । यसै क्रममा सन्धिखर्क नगरपालिका वडा नं. १२ छाप निवासी बिस्णु शुद्ध कामीद्वारा यस क्वारेन्टाइनको लागि ३००००/- (तीस हजार) हजार नगद सहयोग गरि खाता खोल्न सफल हुनुभएका उहाँले सहयोग गर्नु भएको रकमबाट क्वारेन्टाइन व्यवस्थापन लगायत त्यहा रहनु भएकाहरुका लागि स्वास्थ्य सामग्री र पाेषण युक्तखानाको लागि उक्त रकम प्रयोग भएको थियो ।

यस्तै सोहि वडा झेडि निवासी हाल क्यानडामा रही ब्यवसाय गरी बस्नुहुने माता उजेला श्रेष्ठ र पिता स्वर्गीय गुरु प्रसाद श्रेष्ठका सुपुत्रहरु अरुण श्रेष्ठ र सरुन श्रेष्ठद्धारा सन्धिखर्क नगरपालीका वडा नं. ११ को विजय माध्यमिक विद्यालय र १२ को ज्ञान प्रकाश माध्यमिक विद्यालय सल्लिकोटमा स्थापना गरीएको क्वारेन्टाईनको लागी ४२,८२१ (अक्षरुपी बयालिस हजार आठ सय एक्काइस) बराबरको पोषणयुक्त खाना तथा स्वास्थ्य समाग्री प्रदान गर्नु भएको छ ।

श्रेष्ठले उक्त क्वारेन्टाईनमा रहनुहुने आफ्ना डिभर्नाबासी दाजुभाई दिदीबहिनीहरुको स्वास्थ्य अबस्थालाईं मध्यनजर गर्दै KN95 माक्स ९० पिस, सर्जिकल माक्स २०० पिस, एकसय एमएल बराबरको सेनिटाइजर ९० पिस, ३० केजी कुखुराको मासु, २ पेटि (४२० ओटा) अण्डा लगायतका समाग्रीहरु सहयोग स्वरुप प्रदान गर्नु भएको छ । यस्तै लामो समय देखि कृषि पेसा गर्दै आउनुभएका समाज सेवी ब्यक्तित्व स०न०पा० १२ कल्लाबोट निबासी ढाल बहादुर खड्काले श्री ज्ञान प्रकाश माध्यमिक विद्यालय सल्लिकोट कोरोन्टाईन रहनुभएकाको लागि १५ किलो काक्रा ५ किलो बोडी प्रदान गर्नुभएको छ ।

सन्धीखर्क नगरपालिका वडा नं. १२ चुदाली टोला निबासी समाजसेवी ब्यक्तित्व पशुपति पौडेलले ज्ञान प्रकाश माध्यमिक विद्यालय सल्लिकोट क्वारेन्टाइनमा रहेकाकोलाई ५४ पिस टेस्टी बिस्कुट प्रदान गर्नुभएको छ । समाजसेबी ब्याक्तिव नामदेब खनालले क्वारेनटाइनमा रहेकाकोलाई २० के.जि. काक्रो र (खुर्सानी ) सहयोग गर्नुभयको छ । युवा व्यवसायी उमेश श्रेष्ठ तथा बुबा दुर्गा प्रसाद श्रेष्ठद्वारा यस क्वारेन्टाइनमा रहेकाकोलाई १० केजी पोषणयुक्त खसिको मासु र ३ क्रेट अण्डा सहयाेग गर्नुभएकाे छ ।

सोही वडा निवासी समाजसेवी व्यक्तित्व नेपाल प्रहरी र नेपाल आर्मीमा कार्यरत हाल काठमाडौंमा रहनु भएका कल्लाबोट निबासी मदन खड्का र तारा खड्काले क्वारेन्टाइनमा रहनुभएकाको लाई २० किलो काक्रा र हरियो खुर्सानी प्रदान गर्नुभएको छ । सफल तरकारी व्यावसायि सन्धीखर्क नगरपालिका वडा न १२ छाप निवासी चिरन श्रेष्ठले क्वारेन्टाइनमा रहेकालाई ११ किलो लैका, ४ किलो फुल गोपी, ६ किलो टमाटर, १ किलो हरियो खुर्सानी प्रदान गर्नुभएको छ ।

सन्धीखर्क नगरपालिका वडा न १२ चुदाली टोला निबासी खिम बहादुर चुदाली ले क्वारेन्टाइनमा रहनु भएकाको लागि ५ किलो काक्रा र ४० पिस नुनिलो बिस्कुट सहयोग गर्नुभएको छ । सन्धीखर्क नगरपालिका वडा नं. १२ टाकुरा निबासी देबी खनालले क्वारेन्टाइनमा रहनु भएकाको लागि बन्द गोपी २० केजी सहयोग गर्नुभएको छ ।

समाजसेवी ब्यक्तित्व सन्धीखर्क नगरपालिका वडा नं. १२ छाप निबासी मिना श्रेष्ठले क्वारेन्टाइनमा रहनुभएकाको लागि १ काटुन (२१० पिस) अन्डा प्रदान गर्नुभएको छ । सन्धिखर्क नगरपालिका वडा नं. १२ माझाघर निबासी लक्ष्मी कुबर, माया कुवर र टोपला कुवरले क्वारेन्टाइनमा रहनुभएकाको लागि ३६ पिस जुस र ६० पिस अन्डा प्रदान गर्नुभएको छ।

सन्धिखर्क नगरपालिका वडा नं. १२ जिमुरथुम झेडिखोला निबासी साबित्रा परियारले यस क्वारेन्टाइनमा रहनु भएकाको लागि भन्दै ६० पिस अन्डा र ३ किलो काक्रा सहयोग गर्नुभएको छ । सन्धिखर्क १२ कल्लाबोट निबासी समाजसेवी व्यक्तित्व दिपक खड्काले क्वारेनटाइन रहेकालाई पौष्टिक आहार (खसीको मासु ८ केजि) टमाटर २ केजि, प्याज २ केजि, ४० पिस स्यानिटाइजर र क्वारेनटाईनका ६ जना कर्मचारीलाई ६ पिस KN95 माक्स सहयोग गर्नुभएको छ ।

समाजसेवी ब्यक्तित्व सन्धिखर्क नगरपालिका वडा नं. १२ जिमुरथुम स्वामिका रुख निबासी सारदा परियारले क्वारेन्टाइनमा रहनु भएकाको लागि २ क्यारेट (६०) पिस अन्डा, २ किलो टमटर प्रदान गर्नु भएको छ । सन्धिखर्क नगरपालिका वडा नं. १२ जिमुरथुम झेडीखोला निबासी आदर्णिय आमा मिना परियारले क्वारेन्टाइनमा रहनुभएकाको लागि २ क्यारेट (६०) पिस अन्डा पसहयोग गर्नु भएको छ ।

समाजसेवी ब्यक्तित्व सन्धिखर्क नगरपालिका वडा नं. १२ स्वामिका रुख निबासी चाम बहादुर परियारले क्वारेन्टाइनमा रहनुभएकाको लागि २ क्यारेट अथवा (६०) पिस अन्डा प्रदान गर्नुभएको थियो । तेस्तै यस क्वारेन्टाइनमा १० दिने याेग शिविर समेत सम्पन्न भएको छ । उक्त १० दिने याेग शिविर क्वारेन्टाईनमा रहनुभएकालाई डिप्रेशन नहोस भन्दै, स्वास्थ्य राख्ने उद्देश्यका साथ सुरू भएकाे शिविर राष्ट्रिय याेगा प्रतियाेगिताका गाेल्ड मेडालिष्ट तथा माेटीभेश्नल स्पीकर गम्भीर श्रेष्ठले याेगा सिकाउनु भएकाे थियाे ।

रोजगारको सिलशिला बिदेशमा रहने सन्धिखर्क १२ परालिखर्कका युवाहरुको सकृयतामा क्वारेन्टाइनमा रहनु भएकाहरुलाई पोषणयुक्त खाना, मासु , चना, माक्स लगायतका सामाग्री प्रदान गर्नु भएको छ । सोही वडा निवासी श्रेष्ठ पाेल्ट्री फम सन्धिखर्कका प्राेपराइटर, युवा व्यवसायी, सकारात्मक सोचका धनी, समाजलाई केही गर्नु पर्छ भन्ने भावना राख्ने श्यामकृष्ण श्रेष्ठ र प्रदिप श्रेष्ठले यस क्वारेन्टाइनको लागि पाेषणयुक्त खाना, सेनेटाईजर र १ सय पिस मास्क हस्तान्तरण गर्नुभएकाे छ।

सन्धिखर्क १२ निवासी मदन श्रेष्ठद्वारा यस क्वारेन्टाइनको लागि ३ लिटर दूध सहयोग गर्नु भएको छ । साथै जनजागृति नौलो बिरूबा दलित महिला कृषक समुहले यस क्वारेन्टाइनको लागि पोषणयुक्त खाना (१० किलाे कुखुरा को मासु) सहयोग गर्नुभयकोमा छ ।

यस क्वारेन्टाइनमा रहनु भएका सम्पुर्ण बुवा, आमा, दाजु, भाई, दिदि, बहिनीलाई आफ्नो घरको सदस्य सम्झी सहयोग गर्नु हुने सम्पुर्णमा वडा अध्यक्ष नारायण खडकाले धन्यवाद समेत दिनु भएको छ यस्तो माहामारी को बेला जुन सहयोग, सदभाव राख्नु भयो तेसको लागि आभारी छु भन्दै समाजमा हुने हरेक किसिमका यस्ता माहामारिको बेला सबै मिलेर समाधान गर्न सधै लाग्नुहोला हजुरहुरुको साथमा म छु भन्दै जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend