साझा नेटवर्क
अनिल खत्री,गुल्मी असर ५ ।
गुल्मीको रिडी खोलामा एक युवकको बेवारिसे शव फेला गरेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को शाखर भन्ने स्थान रिडी खोला किनारमा अन्दाजी १५÷१६ वर्षको एक युवकको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।
शुक्रवार साँझ फेला परेको बेवारिसे शवलाई पहिचाहनको लागि इलाका प्रहरी कार्यालय रिडीमा राखिएको प्रहरीले जनाएको छ । शवको टाउकोमा चोट लागेको, वायाँ हातमा माछा मार्ने जालको रसी मात्रै बेरिएको, नग्न अबस्थाका शव फेला परेको प्रहरी निरिक्षक पुनले बताए ।
शवको प्रकृति हेदा कुमाल जातीको जस्तो मुहार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शव पहिचाहनको लागि मातहतका प्रहरी चौकीमा खबर गरिएको प्रहरी निरिक्षक पुनले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend