साझा नेटवर्क
सूर्य सुनार,गुल्मी असार ५ ।
मुसिकोटमा क्वारेन्टाइमा बसेका १६ जनालाई नमूना बाल क्लब द्धारा माक्स सेनिटाइजर वितरण गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ पृथ्वी माध्यामिक विद्यालयको क्वारेन्टाइमा बसेका व्यक्तिलाई माक्स सेनिटाइजर वितरण गरेको क्लब सचिब अनिता सुनारले जानकारी दिनुभयो ।
साथै क्लबले क्वारेन्टाइमा बसेका १६ जनालाई आज नास्ता पनि खुवाएको क्लबकी सल्लकार तथा समाजसेवी रुपा विश्वकर्माले बताउनुभयो । कोरोना भाइरसको कारणले गर्दा उनीहरु भारतबाट आएर क्वारेन्टाइमा बसेका थिए । क्वारेन्टाइमा बसेका व्यक्तिहरुले थोरै भए पनि क्लबले सहयोग गरेकोमा खुशी व्यक्त गरेको क्लबका सदस्य विनोद बरालले बताउनुभयो । क्लबले समाजमा नमूना योग्य काम गदै आएको र बालबालिकाको क्षेत्रमा राम्रो काम गरेको र यो विपत्तको समयमा पनि बाल क्लबबाट यदी ठूलो सहयोग गरेकोमा वडा सदस्य शंकर रायमाझीले धन्यवाद व्यक्त गनुभयो ।
क्लबले प्रत्येक वर्षको साउन महिनामा बालबालिकालाई टिउसन कक्षाको पनि व्यवस्था गर्ने गर्दथ्यो तर र यस वर्ष भने असार महिना बाटनै पढाउने सोच गरेको जनाएको छ । क्लबले यस अधि क्वारेन्टाइमा बसेका ३२ जना लाई माक्स सेनिटाइजर र नास्ता वितरण गरिसकेको थियो । क्लबका सदस्य यशोदा सुनार , शन्ध्या विश्वकर्माको पनि सहयोग रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend