साझा नेटवर्क
sf7df8f}F, $ c;f/ M k|wfgdGqL s]kL zdf{ cf]nL laxLaf/ /fli6«o;efsf] a}7sdf ljlgof]hg ljw]os dflysf] 5nkmndf p7]sf k|Zgsf] hjfkm lbg'xF'b} . t:jL/ M /f]zg ;fksf]6f÷/f;;
साझा नेटवर्क,काठमाडौं असार ४ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धि गर्दा आफूले कुनै गल्ती नगरेको स्पष्टीकरण दिएका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले महाकाली सन्धि हुँदा आफूहरु प्रतिपक्षी दलको भूमिकामा रहेको स्मरण गराउँदै त्यसबेला कुनै गल्ती नगरेको दाबी गरेका हुन् ।
एक जमानामा महाकाली सन्धिका सम्बन्धमा यस्तो बबण्डर मच्चियो, म आश्चर्यचकित भएँ’, उनले भने, ‘मैले त्यतिबेला त्यस्तो केही पनि बेठीक देख्दिनँ, ठीकै देख्छु। प्रणव मुखर्जीले हस्ताक्षर अघि पटक-पटक सोध्नुभयो तपाईं प्रतिपक्षीको पनि मञ्जुर छ भनेर त्यसबेला अँ मञ्जुर छौँ भन्ने साथीहरु बुरुक्क उफ्रिया देखेँ। त्यतिबेला मैले कडा नै शब्द पनि प्रयोग गरेको थिएँ। त्यतिबेला हामीले गाँजा, भाङ धतुरो केही त खाएका थिएनौँ होला?’ उनले दुवै पक्षले ठीक छ भनेर महाकाली सन्धिमा हस्ताक्षर गरेको बताए। ‘हामीले अध्ययन गरेर ठीक छ भनेर दुई सरकार बीचमा हस्ताक्षर गर्दा सरकारमा नभएका पार्टी पनि त्यहाँ उपस्थित थियौं । हाम्रो नेतृत्व वर्ग त्यहाँ उपस्थित थियो। त्यसैले फेरि पनि देश चलाउने तहका, नीति नियम र कानुन बनाउने तहका मान्छेले देशलाई सर्वोपरि राखेर सबै कुरामा बिचार गर्नुपर्दछ’, उनले भने, ‘पक्ष-विपक्ष आरोप-प्रत्यारोपको विषय होइन यो ।
हाम्रा सबै भनाइहरु इतिहासमा दर्ज हुने गर्दछन्।’ ५५ वर्षको राजनीतिक जीवनमा आफूले एउटा शब्द पनि त्रुटिपूर्ण अभिव्यक्ति नदिएको भन्दै उनले यदि त्यस्तो इतिहास भए पुष्टि गर्न चुनौतीसमेत दिएका छन्। ‘२०५३ सालमा मैले संसदमा कालापानी क्षेत्रका बारेमा छलफल गरौं भन्ने सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको विषय अस्ति एउटाले निकालेछ’, उनले भने, ‘मलाई धेरै गाली गर्न सकिन्छ तर मेरो अभिव्यक्तिमा कहिँकतै चुकेको कुरो कसैले निकालिदियो भने धन्यवाद दिन्छु।’ उनले आफ्नो कमजोरी पत्ता लगाउन इतिहास खोज्न पनि चुनौती दिए। ‘इतिहास खोज्न गए हुन्छ, ५५ वर्ष भयो मैले राजनीति गरेको, २०४८ सालदेखि म संसदमा छु, खोजेर कहीँ एउटा शब्द त्रुटिपूर्ण निकालिदिए हुन्छ’, उनले अगाडि भने, ‘संसदमा बोलेका कुराहरु… , देश हितविरुद्धको भनाइ, जनताविरुद्धको भनाइ। सत्तापक्षमा हुँदा होस् या प्रतिपक्षमा होस्, मैले सत्ताको आलोचनाकै लागि बोल्नुपर्छ भनेर कहिल्यै बोलिनँ।’
आफ्नो नेतृत्वमा बनेको आयोगले लिम्पियाधुराबाट निस्केको काली नदी सिमाना हो भनेको छ, त्यसभन्दा उत्तर र पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका भूभाग हुन् भन्ने कुरा प्रतिवेदनसमेत लेखेको छ’, उनले अझै थपे, ‘त्यसमा मैले नै हस्ताक्षर गरेको थिएँ। २०५३ सालमा समेत सही कुरा नै भनेको थिएँ। तर मेरो भनाइ कसैलाई मन परेन। मधेस केन्द्रित दलका नेताले महाकाली सन्धिमा राष्ट्रघात भएको भन्ने सार्वजनिक अभिव्यक्ति दिएका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएको हो।
श्रोत-थाहा खबर
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend