logo
  • सोमबार, असोज १२ २०८३

प्युठानको दुर्गम गौमुखी गाउँपालिकामा विशेषज्ञ डाक्टर सहितको सेवा सुचारु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

जोगिन्द्र मल्ल,प्युठान असार ४ ।

कोरोना भाइरसको महामारी फैलिदै गर्दा प्युठानको दुर्गम गौमुखी गाउँपालिकाले भने असार १ गते देखी एम बि बि एस विशेषज्ञ सहितको डाक्टरी सेवा सुचारु हुदै आएको छ । प्युठानको झिम्रुक गाउँपालिका वडा नम्बर ६ मा जन्मनु भएका डा .सुवास जि सि एम बि बि एस अध्ययन पुरा गरि १७ महिना विर हस्पिटलमा सेवा गर्दै आउनु भएका जि सि आफ्नै जिल्लामा रहेको लाइफ केयर हस्पिटल प्रा लिमा ७ बर्षको लामो अनुभव पछि अध्ययनको शिलशिलामा चिनको डाली बिश्व बिधालयमा एम डी पढ्दै गर्दा कोरोनाका कारण नेपाल फरकिएको बताउनु हुन्छ ।

दुर्गम गाउँका गरिब दिन दुखी बासिन्दाहरुले सहज तरिकाले स्वास्थ्य सेवा पाउन नसक्दा अकालमा ज्यान गुमाउन परेको उहाँको भनाइ छ।आफु गौमुखी आइ सके पछि सामान्य चिरफार ,ओ पि डि ,माइनर अप्रेसन ,इमर्जेन्सी स्वास्थ्य सेवा जुनसुकै समयमा पनि दिने बताउनु भयो । गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले कोभीड १९ लाई लक्षित गरि विकट गाउँका बिरामीहरुलाई तत्कालै सेवा प्रदान होस भन्ने उद्देश्यका साथ एम बि बि एस डाक्टर राखिएको बताउनु भयो । गाउँमै कोरोना भाइरसको संक्रमण बदन थालेको र भौगोलिक विकटता भए पनि सामान्य बिरामी पनि अब बिजुवार ,बुटवल जानु नपर्ने र गौमुखी गाउँपालिकामा ६ वटा वडामा रहेका स्वास्थ्य चौकी ,एउटा आधारभुत स्वास्थ्य इकाई र ५ वटा सामुदायिक स्वास्थ्य इकाई बाट स्वास्थ्य सेवा प्रदान गरिएको र कोरोना भाइरसको महामारी फैलिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु उच्च जोखिममा रहने हुनाले स्वास्थ्यकर्मीहरुलाई खाइपाइ आएको सुविधामा थप साठी प्रतिशत प्रोत्साहन तथा क्वारेन्टाइनमा स्वास्थ्य उपचारमा खतिनेहरुलाई भत्ताको ब्यबस्था गरिएको र विशेषज्ञ चिकित्सक सहितको सेवाले गौमुखीबासीले राहत पाउने बताउनु भयो । बिरामी भइ स्वास्थ्य सेवा लिन आएकी गौमुखी ४ पुजाकि मधु माया टोमाटा भन्छिन आफ्नो गाउँपालिकामा डाक्टर राखेको सुन्दा खुसी भइन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend