साझा नेटवर्क
सूर्य सुनार,गुल्मी असार ४ ।
रिडर्स पब्लिक हाई स्कूल तम्घास गुल्मीले भाइरस विरुद्ध रोग प्रतिरोधात्मक औषधि एक कार्यक्रम बिच विहीबार वितरण गरेको छ । कोरोना भाइरस तथा कोभिड १९ का कारण अहिले मानव जिवनमा नकारात्मक असर पुगेको छ । यस रोगले विश्वलाई नै संक्रमण गरेको छ । तर यस रोगको औषधी भने अहिले सम्म पनि बन्न सकेको छैन् ।
यसै बिच जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ खानीगाउँमा रहेको रिडर्स पब्लिक हाई स्कूलको व्यवस्थापनमा उक्त कार्यक्रम गरिएको हो । जसमा सहजीकरण बुटवल उद्योग वाणिज्य संधले गरेको थियो । औषधी वितरणमा मारवाडी सेवा समितिले सहयोग गरेको हो । कार्यक्रममा बोल्दै रिडर्स पब्लिक हाई स्कूलका अध्यक्ष तथा उद्योग बाणिज्य संध गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले कोरोना भाइरस रोग सम्बन्धी कुनै पनि औषधी नबनेकाले यस रोग सँग लड्न प्रतिरोधात्मक क्षमता चाहिने हुँदा यस औषधीमा उक्त प्रतिरोधात्मक क्षमता पाइने भएकाले मारवाडी सेवा समिति संस्था संग समन्वय गरेर उक्त औषधी वितरण गरिएको बताउनुभयो ।
विशेष गरी बालबालिका वृद्धाहरुले यसको प्रयोग गरेमा प्रतिरोधात्माक क्षमता बढाउने भएकाले यसको सदुपयोग गर्ने पनि उहाँले आग्रह गनुभयो । औषधी प्रयोग गरेपछि अलकोहल तथा सुर्तिजन्य पर्दाथ गर्न नहुने पनि भलामीले बताउनुभयो । यस औषधीको प्रयोगमा ९० प्रतिशत व्यक्तिमा राम्रो नतिजा आएको उहाँले बताउनुभयो । जिल्लाका पालिकाहरुले पनि माग गरेको हर्दा पालिकामा क्वारेन्टाइमा बसेका व्यक्तिहरुलाई उक्त औषधी प्रयोग गर्दा राम्रो हुने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानध्यापक टिका भलामीको विशेष उपस्थित रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend