साझा नेटवर्क
देबसिँह सेन ठकुरी " देवजल"
– देवसिंह सेन ठकुरी”देवजल”
चैते हुरीमा पनि उस्तै थियौं तिमी
असारे झरीमा पनि उस्तै लाग्छाैँ तिमी
नबदलिँदो छ तिम्रो रुप न बदलिँदो छ बानी ,
न खुलेका छन सहरहरुछ न चलेको छ गाडी
उस्तै लम्बेदार यात्रा सकिएको छैन,पथिकहरुको
संसार बदल्ने मानिस आज आफै बदलिएको छ ।
अरूलाई कब्जा गर्ने मानिस,
अाफै कब्जामा परेकाे छ ।
अनि लुटिएको छ उसकाे खुसी
ढलेका छन् काेमल ती निर्दाेष अात्महरू,
मरेका छन् ती सुनाैला सपनाहरू,
न ऊ राष्ट्रघाती थियोे न ऊ हत्यारा,
बरू ऊ त निहत्था नागिरक पाे थियोे ।
विचरा! उसकाे के नै दाेष थियोे र? छि छि! र दुर दुर गर्नुपर्ने,
प्लास्टिककाे पाेकाेभित्र मानाै ऊ जहर बनिरहेकाे छ ।
मानवजातिको लागि अभिसाप बनेर माटाे भित्र कुहिएको छ
नछुन पाउँछन् अाफन्तले न देख्छन् कसैले ,
न साेध्छन् हालखबर कसैले
न समवेदना दिन्छन् कसैले,
अाँसु कतै झर्दैन कसैकाे,
मलामी छैनन् घाटमा,
बरू पर्दैछ
ऊ नचिनेकाे पराईकाे हातमा
शखकाे धुन नबजिकनै एकैछिनमा ऊ माटाेमा मिल्दैछ ।
साेच्नै सकिन् अरू के लेखु!
भन्नै सकिन अरू के भनु? अाँसु मात्र बगिरहेयाे ।
यति भन्छु,देश र विदेश जहाँ र जसरी तिमी अस्तायाै,
तिम्रो बैकुण्ठमा बाँस होस!
हार्दिक श्रद्धाञ्जली वास!
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend