logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा भ्रष्टाचार विरुद्ध दुई संस्था बीच अन्तरक्रिया


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी असार २ ।
भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलय बुटवलका बीचमा आज अन्तरक्रिया सम्पन्न भएको छ् ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर राखेर सामाजिक दुरी कायम गरि जिल्ला सदरमुकाम तम्घासमा मंगलवार सम्पन्न अन्तरक्रियामा प्रमुख जिल्ला आधिकारी भरतकुमार शर्माको अध्यक्षता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख डा. भीष्मकुमार भुसालको सहभागिता रहेको थियो ।

कार्यक्रममा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मी अध्यक्ष पदमप्रसाद पाण्डेले संस्थाले जिल्लामा गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका पदाधिकारी र सदस्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोग संस्था बीचको सहकार्य बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रमुख अतिथि डा. भुसालले भ्रष्टाचार विरुद्धमा आम नागरिकलाई ऐक्यबद्धता बनाउन संस्था थप सक्रिय हुनपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला प्रशासन कार्यलय र भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका बीचमा सहकार्य भइरहेको बताए । उनले सबै स्थानीय तहमा पुगी अन्तरक्रिया र अनुगमन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend